राजमान तामाङ,,
क्वालालम्पुर (मलेसिया):= आज मिति २०७६ मङ्सिर ०१ गते अर्थात १७ november 2019 दिन एक कार्यक्रम मार्फत रसुवा कालिका गाउँपालिका १, राम्चे घर भई तत्कालीन नेपाल तामाङ समाज क्षेत्रीय समिति पेनाङका सदस्य सन्तोष तामाङ विगत एक बर्ष देखि क्षयरोग (TB) सिकार बन्दै फोक्सोमा समस्य परे पछि नेपाल तामाङ घेदुङ मलेसिया द्वारा पीडित सन्तोष तामाङ लाई नेपाली रु. ५००३६ (अक्षरेपी :- पचास हजार छत्तीस रुपैयाँ) सहयोग रकम हस्तान्तरण गरिएको छ।
नेपाल संघीय परिषद कार्यलयमा भएको उक्त रकम हस्तान्तरण कार्यक्रममा नेपाल तामाङ घेदुङ संघीय परिषदको वरिष्ठ उपाध्यक्ष बेलि तामाङ , महासचिव महित कुमार तामाङ , कोष अध्यक्ष रुप योञ्जन , प्रदेश नम्बर ७ को घेदुङ अध्यक्ष दिलिप तामाङ, घेदुङ प्रवास शाखा मलेसिया महासचिव सबिन कुमार तामाङ र नेपाल तामाङ कलाकार संघ मलेसियाका महासचिव गायक रमित लामा को उपस्थित रहेको थियो।
साथै सन्तोष तामाङ लाई स्वास्थ्य लाभको कामना सहित सम्पुर्ण सहयोगी मनका धनी सहयोगदाताहरु लाई नेपाल तामाङ घेदुङ मलेसिया धन्यवाद प्रकट गर्दछौं ।
क्वालालम्पुर (मलेसिया) : मलेसियामा विदेशी श्रमिकलाई आफ्नो राष्ट्रिय परिचयपत्र (माईकाड) भाडामा दिने वा प्रयोग गर्नका लागि हस्तान्तरण गर्ने व्यक्तिलाई अधिकतम तीन वर्षसम्म कैद वा...
मलेसिया := मलेसियाको पेनाङ सिटी काउन्सिलले अ’वैध रूपमा विदेशी नागरिकहरूद्वारा सञ्चालित व्यावसायिक प्रतिष्ठानहरू विरुद्ध आफ्नो निगरानी र का’र’बाहीलाई तीव्र पारेको छ।
काउन्सिलको इजाजतपत्र (Licensing) र...
क्वालालम्पुर (मलेसिया):= मलेसियामा यस वर्ष बडादशैँको हर्सोउल्लास नेपाली रेस्टुरेन्टहरूमा समेत झल्किएको छ। विशेषगरी राजधानी क्वालालम्पुरका विभिन्न क्षेत्रमा सञ्चालित नेपाली रेस्टुरेन्टहरूमा देखिएको चहलपहल, नेपाली परिकारको...
क्वालालम्पुर (मलेसिया):= मलेसियाका राजा सुल्तान इब्राहिमले भारतसहित १८ देशका नवनियुक्त विदेशी राजदूतहरूको ओहोदाको प्रमाणपत्र स्वीकार गर्नुभएको छ। राजधानी क्वालालम्पुरस्थित राजदरबार (इस्ताना नेगारा) मा आयोजित...
क्वालालम्पुर (मलेसिया):= नेपाल तामाङ घेदुङ प्रवास शाखा मलेसियाको ऐतिहासिक पाँचौँ अधिवेशन तथा २१औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न भएपश्चात् समीक्षा तथा प्रथम पूर्ण बैठक आइतबार...