राजमान तामाङ,,
क्वालालम्पुर (मलेसिया):= आज मिति २०७६ मङ्सिर ०१ गते अर्थात १७ november 2019 दिन एक कार्यक्रम मार्फत रसुवा कालिका गाउँपालिका १, राम्चे घर भई तत्कालीन नेपाल तामाङ समाज क्षेत्रीय समिति पेनाङका सदस्य सन्तोष तामाङ विगत एक बर्ष देखि क्षयरोग (TB) सिकार बन्दै फोक्सोमा समस्य परे पछि नेपाल तामाङ घेदुङ मलेसिया द्वारा पीडित सन्तोष तामाङ लाई नेपाली रु. ५००३६ (अक्षरेपी :- पचास हजार छत्तीस रुपैयाँ) सहयोग रकम हस्तान्तरण गरिएको छ।
नेपाल संघीय परिषद कार्यलयमा भएको उक्त रकम हस्तान्तरण कार्यक्रममा नेपाल तामाङ घेदुङ संघीय परिषदको वरिष्ठ उपाध्यक्ष बेलि तामाङ , महासचिव महित कुमार तामाङ , कोष अध्यक्ष रुप योञ्जन , प्रदेश नम्बर ७ को घेदुङ अध्यक्ष दिलिप तामाङ, घेदुङ प्रवास शाखा मलेसिया महासचिव सबिन कुमार तामाङ र नेपाल तामाङ कलाकार संघ मलेसियाका महासचिव गायक रमित लामा को उपस्थित रहेको थियो।
साथै सन्तोष तामाङ लाई स्वास्थ्य लाभको कामना सहित सम्पुर्ण सहयोगी मनका धनी सहयोगदाताहरु लाई नेपाल तामाङ घेदुङ मलेसिया धन्यवाद प्रकट गर्दछौं ।
क्वालालम्पुर (मलेसिया):= मलेसियामा कार्यरत नेपाली सुरक्षा गार्डहरूले कार्यस्थल, पारिश्रमिक तथा आवासमा भोग्दै आएका समस्यालाई सम्बोधन गर्न मलेसियास्थित नेपाली राजदूतावासले नयाँ व्यवस्था लागू गर्ने भएको...
पेराक (मलेसिया):= मलेसियाको पेराक राज्यस्थित तेलुक इन्तान क्षेत्रमा गैरकानुनी रूपमा चर्को ब्याजमा ऋण लगानी गरेको आरोपमा दुई जना नेपाली नागरिक पक्राउ परेका छन्।
कारखानामा कार्यरत कामदारहरूलाई...
क्वालालम्पुर (मलेसिया):= मलेसियाका विभिन्न क्षेत्रमा वायु प्रदूषण बढेसँगै हावाको गुणस्तर तीव्र रूपमा खस्किएको छ। मलेसियाको वातावरण विभागको पछिल्लो तथ्याङ्कअनुसार देशका ३५ वटा क्षेत्रमा वायु...
मलेसिया(मलेसिया):= एसिया–प्यासिफिक एन्ड सेन्ट्रल एसियाका ३० देशका सांसदहरूको सम्मेलन (AFPPD Conference) मा सहभागी हुन मलेसिया आउनुभएकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य माननीय डा....
जकार्ता (इन्डोनेसिया):= इन्डोनेसियाको सक्रिय अनाक क्राकाटाउ ज्वालामुखी विस्फोटपछि निस्किएको ज्वालामुखीय खरानीका कारण राजधानी जकार्तास्थित सोएकार्नो–हट्टा अन्तर्राष्ट्रिय विमानस्थलको उडान सेवा प्रभावित भएको छ। विमानस्थलको सञ्चालन अस्थायी...