मलेसिया
मलेशिया स्थित जोहोरबारुमा रहेको मार्को मारिन कम्पनीमा कार्यरत ९ नेपाली श्रमिक बेपत्ता बनेका छन । यसरी बेपत्ता हुनेमा
राकेश शाह,मानविर राना,लोक राना,निराजन बुढा,देब बस्नेत,हिरा राना,नविन बुढा,तिलक बोहरा,गिरिजा बुढा रहेका छ्न । बेपत्ता हुनेको ठेगाना भने खुलेको छैन्न। सोहि कम्पनीमा कार्यरत एक नेपालीका कारण ती नेपाली श्रमिक बेपत्ता बनेका हुन । सोही कम्पनिमा लिडरका रुपमा कार्यरत
बर्दिया का बिवस भनिने लाल बहादुर वलिका कारण नेपाली श्रमिक बेपत्ता बनेका सोही कम्पनीमा कार्यरत नेपालीले बताए । वलीले कम्पनीको सहयोगमा स्थानीय गुण्डा तथा प्रहरी प्रयोग गरि नेपाली कामदार लाइ कुटपिट गर्ने मानसिक यातना दिने गरेको पीडित कामदारहरुले बताए । अक्टोबर ५ तारीख होस्टेल मै गुण्डा र प्रहरी लगाएर कुटपिट गरि ९ जना नेपाली श्रमिकलाइ बेपत्ता बनाएको उनिहरुको भनाइ छ।
यसरी सुुरुवात भएको थियो घटना
३ वर्ष अघि सो कम्पनीमा काम गर्न आएका नेपाली श्रमिकहरुलाइ कम्पनीले एक महिना अघि नयाँ नियम बनाएको थियो । सो नियमले काम गर्न नसक्ने बताएर नेपाली श्रमिक नेपाल फर्किन खोजे पनि नया श्रमिकको अभाबले कम्पनिले नयाँ नियम भए पनि तलब र सेवा सुबिधा कटौती नगर्ने सर्तमा नेपाली श्रमिक काममा फर्केका थिए । सो कार्यको समन्बय वलीले गरेका थिए । तर कम्पनीको सम्झौता बिपरित तलब भत्ता मा ५० प्रतिशत रकम कटौती गरेपछी नेपाली श्रमीक आन्दोलित भएका थिए । तलब भत्ता कटौती नगर्न आग्रह गर्दै काममा नगएका नेपाली श्रमिक माथी वलीले मलेसिया प्रहरी र गुण्डा ल्याएर अन्धधुन्ध कुटपिट गरेका थिए ।
वली ले कम्पनीमा कार्यरत नेपाली कामदारहरुले कुनै कामले छुट्टी बस्नु पर्दा छुट्टै पैसा माग गर्ने गरेको र आफुहरुले पैसा नदिए छुट्टी पनि नमिलाइदिने गरेको पीडितहरुले बताए ।
नेपाली मजदुर एकता केन्द्रले घटनाबारे मलेसिया स्थित नेपाली राजदुतावासलाइ जानकारी गराएको केन्द्रका महासचिव दिलिप भट्टराईले बताएका छन् । नेपाली राजदुतावासको तर्फबाट सहायक राजदुत श्री मोतीराम श्रीस मगरले खबर पाउन बित्तिकै पीडितलाइ सम्पर्क गरेको बताए । उनका अनुसार दूतावासको तर्फबाट आवश्यक पहल र प्रक्रिया अगाडि बढाइरहेको जानकारी दिए ।



















