सुनिल चौधरी,,झुम्का:= चाँड पर्वमा मुल्य बढाउने र अखाद्य बस्तुहरुको बिक्रि बितरण हुने भएकोले उपभोक्ता हित संरक्षणकालागी मंगलवार झुम्का बजार अनुगमन गरेको छ । उपमेयर सबिना चौधरीको संयोजकत्वमा किराणा पसल, औषधि पसल, कपडा पसल, मासु पसल लगायतका खाध्यान्न पसलहरुमा अनुगमन गरेको हो ।
झुम्का बजारभरीको १ सय ३० पसलमा अनुगमन गरेको जनाएको छ । अनुगमनले केहि पसलहरुबाट म्याद गुज्रेका सामानहरु भेटिएको छ । पाउरोटि बिस्कुट, फेन्सि तथा कस्मेटिकका सामानहरु भेटिएको हो । बिशेषगरी नगरपालिकाको आन्तिरीक आय स्रोतमा प्रभावित गर्ने खालको समस्या भेटिएको छ । साना पसलहरुबाट भेटिनु स्वभाविक हो भने ठुलै पसलहरुबाट पनि ब्यवसायिक दर्ताको नबिकरण नभएको पाईएको हो ।
भासि गाबिस हुदै दर्ता भएको ब्यवसाय हाल सम्म नबिकरण नगरी सञ्चालन भएको भेटिएको छ । नबिकरण नभएका पसलहरुलाई समय अवधि दिएर छाडेको जानकारी दिए । तिन दिन देखि एक हप्ता सम्म नबिकरण गरिसक्नु पर्ने जनाए । भासि गासबिमै दर्ता भएकाहरुले नगरपालिकाको नयाँ प्रमाण पत्र समेत लिनु पर्ने बताए । समय अवधि नाघेकाले एक हप्ता सम्म नबिकरण नगरे कानुन बमोजिम कार्वाहि गरिने प्रशासन तथा राजस्व अधिकृत बिनय परियारले जानकारी दिए ।
नगरपालिकाबाट निरन्तर अनुगमनमा चासो नदेखाएको भएर पनि हो यो समस्या निम्तिएको हुन सक्छ । यसबाट रामधुनी नगरपालिकाको आयस्रोतमा ठगी भएको प्रष्ट हुन्छ । चाँड पर्व आउदा मात्र चासो र खाचो भए जस्तो देखिन्छ । तसर्थ नगर तथा नगरवासिको हकहितकालागी स्थानिय सरकारबाट अनुगमन निरन्तर र प्रभावकारी हुनु पर्छ ।
क्वालालम्पुर (मलेसिया):= मलेसियामा कार्यरत नेपाली सुरक्षा गार्डहरूले कार्यस्थल, पारिश्रमिक तथा आवासमा भोग्दै आएका समस्यालाई सम्बोधन गर्न मलेसियास्थित नेपाली राजदूतावासले नयाँ व्यवस्था लागू गर्ने भएको...
पेराक (मलेसिया):= मलेसियाको पेराक राज्यस्थित तेलुक इन्तान क्षेत्रमा गैरकानुनी रूपमा चर्को ब्याजमा ऋण लगानी गरेको आरोपमा दुई जना नेपाली नागरिक पक्राउ परेका छन्।
कारखानामा कार्यरत कामदारहरूलाई...
क्वालालम्पुर (मलेसिया):= मलेसियाका विभिन्न क्षेत्रमा वायु प्रदूषण बढेसँगै हावाको गुणस्तर तीव्र रूपमा खस्किएको छ। मलेसियाको वातावरण विभागको पछिल्लो तथ्याङ्कअनुसार देशका ३५ वटा क्षेत्रमा वायु...
मलेसिया(मलेसिया):= एसिया–प्यासिफिक एन्ड सेन्ट्रल एसियाका ३० देशका सांसदहरूको सम्मेलन (AFPPD Conference) मा सहभागी हुन मलेसिया आउनुभएकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य माननीय डा....
जकार्ता (इन्डोनेसिया):= इन्डोनेसियाको सक्रिय अनाक क्राकाटाउ ज्वालामुखी विस्फोटपछि निस्किएको ज्वालामुखीय खरानीका कारण राजधानी जकार्तास्थित सोएकार्नो–हट्टा अन्तर्राष्ट्रिय विमानस्थलको उडान सेवा प्रभावित भएको छ। विमानस्थलको सञ्चालन अस्थायी...