सुनिल चौधरी,,झुम्का:= चाँड पर्वमा मुल्य बढाउने र अखाद्य बस्तुहरुको बिक्रि बितरण हुने भएकोले उपभोक्ता हित संरक्षणकालागी मंगलवार झुम्का बजार अनुगमन गरेको छ । उपमेयर सबिना चौधरीको संयोजकत्वमा किराणा पसल, औषधि पसल, कपडा पसल, मासु पसल लगायतका खाध्यान्न पसलहरुमा अनुगमन गरेको हो ।
झुम्का बजारभरीको १ सय ३० पसलमा अनुगमन गरेको जनाएको छ । अनुगमनले केहि पसलहरुबाट म्याद गुज्रेका सामानहरु भेटिएको छ । पाउरोटि बिस्कुट, फेन्सि तथा कस्मेटिकका सामानहरु भेटिएको हो । बिशेषगरी नगरपालिकाको आन्तिरीक आय स्रोतमा प्रभावित गर्ने खालको समस्या भेटिएको छ । साना पसलहरुबाट भेटिनु स्वभाविक हो भने ठुलै पसलहरुबाट पनि ब्यवसायिक दर्ताको नबिकरण नभएको पाईएको हो ।
भासि गाबिस हुदै दर्ता भएको ब्यवसाय हाल सम्म नबिकरण नगरी सञ्चालन भएको भेटिएको छ । नबिकरण नभएका पसलहरुलाई समय अवधि दिएर छाडेको जानकारी दिए । तिन दिन देखि एक हप्ता सम्म नबिकरण गरिसक्नु पर्ने जनाए । भासि गासबिमै दर्ता भएकाहरुले नगरपालिकाको नयाँ प्रमाण पत्र समेत लिनु पर्ने बताए । समय अवधि नाघेकाले एक हप्ता सम्म नबिकरण नगरे कानुन बमोजिम कार्वाहि गरिने प्रशासन तथा राजस्व अधिकृत बिनय परियारले जानकारी दिए ।
नगरपालिकाबाट निरन्तर अनुगमनमा चासो नदेखाएको भएर पनि हो यो समस्या निम्तिएको हुन सक्छ । यसबाट रामधुनी नगरपालिकाको आयस्रोतमा ठगी भएको प्रष्ट हुन्छ । चाँड पर्व आउदा मात्र चासो र खाचो भए जस्तो देखिन्छ । तसर्थ नगर तथा नगरवासिको हकहितकालागी स्थानिय सरकारबाट अनुगमन निरन्तर र प्रभावकारी हुनु पर्छ ।
काठमाडौँ:= नेपाली श्रमिकहरूको प्रमुख गन्तव्य मुलुक मलेसियाको रोजगारी तत्कालका लागि बन्द भएको छ । श्रमिक पठाउने म्यानपावर कम्पनी छनोटसम्बन्धी विवाद दुई देशबिच सुल्झिन नसक्दा...
भारतको बिहारमा मलेसियाको प्रसिद्ध 'पेट्रोनास ट्विन टावर' को दुरुस्तै देखिने भव्य संरचना निर्माण भएपछि यतिबेला सामाजिक सञ्जालमा यसको भिडियो र तस्बिरहरू तीव्र रूपमा भाइरल...
काठमाडौं := नेपाल र मलेसियाबीच श्रमिक छनौट तथा भर्ना प्रक्रियाका सम्बन्धमा देखिएका विषयहरू आपसी संवाद, सहकार्य र समझदारीका माध्यमबाट सम्बोधन गर्ने उद्देश्यले नेपाल सरकारले...
क्वालालम्पुर (मलेसिया):= मलेसियाको मलाक्का राज्यस्थित आयेर केरोह क्षेत्रमा गरिएको संयुक्त अनुगमन तथा कारबाहीका क्रममा ४ नेपालीसहित ७ जना विदेशी नागरिक पक्राउ परेका छन्।
हाङ तुआह जाया...
क्वालालम्पुर (मलेसिया):= मलेसिया सरकारले देशको सीमा सुरक्षा र अध्यागमन व्यवस्थालाई थप मजबुत बनाउन कडा कदम चालेको छ। मलेसियाको नवगठित सीमा नियन्त्रण र सुरक्षा एजेन्सी...