मलेसिया, गैर आवसिय नेपाली संघ जोहर क्षेत्रिय शाखा मलेसियाको सम्पर्क कार्यालय स्थापना गरि एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ ।
गैर आवसिय नेपाली संघ जोहर क्षेत्रिय शाखाका अध्यक्ष मिन गुरुङ्गको बिशेष पहलमा स्थापनामा गरिएको उक्त कार्यलय मार्फत जोहोर क्षेत्रमा समस्यामा परेका नेपालीहरुका लागि सहयोग गर्न र उनिहरुलाई सम्पर्क स्थापित गर्न सहज हुने अध्यक्ष मिन गुरुङ्गले बताए। एनआरएनए मलेसियाका अध्यक्ष हरि भट्टराईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा हालै चयन भएको गैर आवसिय नेपाली संघ मलेसियाका कार्यसमितीलाई स्वागत तथा सम्मान गरिएको थियो , ।

कार्यक्रममा बोल्दै गैर आवसिय नेपाली संघ मलेसियाका अध्यक्ष हरि भट्टराईले एक रात नेपाली श्रमीकका साथ कार्यक्रम तय गरिएको र प्रत्येक महिनाको एक रात मलेसीयामा कार्यरत नेपालीहरु सँग एक रात बसेर उनहिरुको समस्याको पहिचान गरि आवश्यक सहयोग प्रदान गरिने कार्यक्रम लागु गरिने बताउदै मलेसियामा काेही नेपाली मलेसियामा समस्यामा परी सम्पर्कमा आए एनआरएनए मलेसियाले सहयाेग गर्ने जानकारी दिए ।
त्यस्तै नेपाल भ्रमण बर्ष २०२०को सफलताका लागि मलेसियामा पर्यटन सम्वन्धी बिभिन्न कार्यक्रम गर्न जोहोर शाखा र एनआरएनए मलेसिया केन्द्र तयार रहेको समेत भट्टराईले बताए । यस अघि एनआरएनए मलेसियाले बिभिन्न क्षेत्रमा समस्यामा परेका नेपाली हरुको सहयोग गर्न १४ लाख रुपैयाँको कल्याणकारी कोष समेत स्थापना गरेको छ ।
रेस्मा राईले स्वागत गरेको कार्यक्रमको संचालन रमेश मल्लले गरेका थिए ।






















