सुदुरपश्चिमेली नेपाली समाज मलेसियाको पाचौं अधिबेशन सम्पन्न/अध्यक्षमा तुलाराम धामी निर्वाचित ।

आरएन चौधरी थारु ,,

क्वालालम्पुर (मलेसिया):= सुदुरपश्चिमेली नेपाली समाज मलेसिया द्वारा आयोजित गौरा पर्व एवम् संस्थाको पाचौं अधिबेशन कार्यक्रम भब्यताको साथ सु-सम्पन्न भएको छ ।

सुदुरपश्चिमको मौलिक कला,भाषा र संस्कृति जगेर्ना गर्ने उदेश्यले आईतवार राजधानी क्वालालम्पुरमा आयोजना गरिएको गौरा पर्व र पाचौं अधिबेशनको कार्यक्रमको सभापतिमा संस्थाका अध्यक्ष सम्शेर बहादुर मल्ल ” समिर ” , प्रमुख अतिथीमा पुर्व परराष्ट राज्यमन्त्री अर्जुन जंग बहादुर सिंह , विशेष अतिथीमा नेपाली राजदुतावास मलेसियाका द्धितिय सचीव तथा सुचना बिभाग प्रमुख महेश्वरमणि त्रिपाठी , सुदुर पश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समिती दक्षिण एसिया संयोजक ज्ञानेन्द्र बहादुर सिंह,अतिथिहरुमा नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज)मलेसियाको अध्यक्ष दिपक सुनाखरी मगर,नेपाली ब्यवसायी,पत्रकार,नेपाली कलाकार,विभिन्न जातीय गैर जातीय संघसंस्थाको प्रतिनिधि,राजनीतिक पार्टीको प्रतिनिधि लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रममा नेपाली कलाकारहरुले मनोरञ्जनात्मक नृत्य प्रस्तुत गर्नुको साथै सुदुरपश्चिममा प्रख्यात डेउडा नाच समेत प्रस्तुत गरिएको सहकर्मी कृष्ण कुमार गुप्ताले जानकारी गराए ।

पुर्ण बिष्ट र बिरेन्द्र धानुकले संयुक्त रुपमा सञ्चालन गरेको आजको कार्यक्रममा संस्थाको पाचौं अधिबेशनबाट निर्वाचित नयाँ नयाँ कार्यसमितीहरुको नमावली निम्न प्रकारको रहेको छ ।
अध्यक्ष :- तुलाराम धामी
वरिष्ठ – उपाध्यक्ष :- दिपक ओली
उपाध्यक्ष :- बिरेन्द्र धानुक,डम्बर बिश्वकर्मा,प्रेम कुवर
महासचिव :- मनोज बिसि
सह-सचीव :- बिरेन्द्र कठायत
कोषाध्यक्ष :- कैलाश बोहरा
सह-कोषाध्यक्ष :- नरेन्द्र बोहरा
प्रेस बिभाग प्रमुख :- गोविन्द घर्ती मगर
कल्याणकारी कोष प्रमुख :- धन बहादुर भाट
सदस्य :- कुसुम गाह  मगर,मोहिनी मल्ल,कमल खड्का,रुपक बिसि,तिलक पाण्डे,दिपक साउद,गोविन्द साउद लगायतको रहनु भएको छ ।

संस्थाको अन्तर्राष्ट्रिय महाधिवेशन कमिटीमा टेक बहादुर बुढालाई र अन्तर्राष्ट्रिय समिति सदस्यमा दिनेश खड्का खप्तडीलाई सिफारिस गर्ने निर्णय गरिएको छ ।
यता प्रमुख सल्लाहकारमा प्रकाश देव भट्ट , सल्लाहकारमा जनक बम्म, संरक्षकमा सम्शेर बहादुर मल्ल ” समिर ” निर्वाचित भएका हुन ।

[ फोटो :- कृष्ण कुमार गुप्ता ]