
मलेसिया
गैर आवसिय नेपाली संघ मलेसियाको नयाँ नेतृत्व चयनका लागी हुने निर्वाचन नजिकिदै जादा नेतृत्व हत्याउन ‘माथापच्ची’ चर्किएको छ । सेक्टेम्वर १ मा अधिवेशन संगै नयाँ गैर आवसिय नेपाली संघले नयाँ नेतृत्व पाउने छ ।
अघिल्ला अधिवेशन वाट निर्वाचित अध्यक्ष खगेन्द्र न्यौपानेको पदावधी पनि यसै अधिवेशन वाट समाप्त हुने छ । यस पटक नयाँ नेतृत्व हत्याउन वर्तमान महासचिव सुन्दर आले र पुर्व सल्लाहकार हरि भट्टराई अग्रपन्तीमा देखिएका छन् ।

श्रोतका अनुसार भट्टराई यस पटक एन आर एन मलेसियाको अध्यक्ष वन्ने सोचमा छन् त्यसका लागी दौडधुप पनि थालेका छन् । सदस्य विस्तार गर्ने देखी भोट माग्ने काम सम्म भट्टराईले गरेका छन् । उनलाई मलेसियामा वसेर व्यावसाय गर्नेहरुले साथ दिएका छन् । भट्टराईले अधिल्लो पटक अध्यक्षको दावी प्रस्तुत गरेका थिए ।
पछि पत्रकार सम्मेलन गरेर अध्यक्षको दावी छोडेका थिए । महेन्द्रजंग शाह संग प्रतिष्पर्धी वन्न खोजेका भट्टराईले चुनावी प्रक्रियामा नै नगइ शाहका लागी वाटो खुल्ला गरिदिए । यस पटक अध्यक्ष वन्न भट्टराई जसरी नि एन आर एन मलेसियाको अध्यक्ष वन्न लागी परेका छन् । भट्टराई लाई प्रवासी नेपाली मञ्च मलेसियाका निर्वतमान महासचिव दयाराम कुमाल,केलाङ्गका व्यापारी डेविड श्रेष्ठ लगायतको साथ पाएका भट्टराई नतिजा आफ्नो तर्फ पार्नेमा ढुक्क छन् ।मलाया खवर संगको कुराकानीमा भट्टराईले भने‘यस पटक धेरै साथीहरुले सहयोग गर्ने भन्नु भएकाले एन आर एन अध्यक्षमा प्रत्यासी वनेको हु ।’
दुइ पटक महासचिवको जिम्मेवारी सम्हालेका सुन्दर आले पनि यस पटक अध्यक्ष वन्ने दौडमा छन् । आदिवासी जनजाती महासंघ लगायत विभिन्न संघ सस्थाको दरिलो साथ पाएका आले अध्यक्षको मुख्य प्रत्यासी रहेका छन् ।
दुइ पटक महासचिव भएको मात्र नभइ सवै संग नजिक भएकाले पनि अध्यक्षको दावी गरेको उनी निकट श्रोतको भनाइ छ । सवै संगको सम्वन्धका कारण पनि सुन्दरले यस पटक नेतृत्व समाल्ने श्रोतको भनाइ छ । यसै विच मलेसियाको एन आर एन नेतृत्व सहमतीमा चयन गर्ने प्रयास थालिएको छ ।
सहमतीका आधारमा नेतृत्व चयन नगरिए अन्यले समेत अध्यक्षका लागी दावी प्रस्तुत गरेका छन् । वर्तमान उपाध्यक्ष टेक वहादुर घृत पनि सहमतीका अधारमा नेतृत्व चयन नभए उम्मेद्धारी प्रस्तुत गर्ने वताउछन् ।
यसै विच नेकपाको प्रवास संगठनले सुन्दर आले वा हरि भट्टराई मध्ये कस्लाई उम्मेद्धार वनाउने आधिकारीक धारणा वनाउने प्रयास थालेको छ । सहमतीका आधारमा एक जनालाई उम्मेद्धार वनाउन पहल थालिएको संगठन श्रोतले जनाएको छ ।



















