मलेसियामा दलाललाई नो इन्ट्री :राजदुत पाण्डे

मलेसिया
मलेसियाका लागी नेपाली राजदूत उदयराज पाण्डेले अबैधानिक नेपालिहरु नेपाल फर्कन अब कुनै दलालको आबस्यक नपर्ने वताएका छन् । मलेसियाको अध्यागमन विभाग सम्म पुग्न कुनै दलाल नेपाली नागरिकले समात्नु नपर्ने उनको तर्क थियो ।
आइतवार जोहरवारुमा गैर आवसिय नेपाली संघ जोहरको दोश्रो अधिवेशनलाई सम्वोधन गर्दै राजदुतको कटाक्ष थियो दलाली गरेर पेट पाल्छु भन्ने सपना नदेखे हुन्छ । साउदी अरेवियाका राजदुत हुदा नेपाली दलाल विरुद्ध लागेको भनेर वहावही कमाएका राजदुत पाण्डेले मलेसियाका दलाललाई पनि नेपाली श्रमीक ठगी गर्ने कार्य नगर्न चेतावनी दिएका छन् ।


मलेसिया सरकारले आगामी महिना वाट सुरु गर्ने अवौधानीकलाई घर फर्काउने कार्यमा सहभागी हुन पनि राजदुतको अवौधानिक नेपालीलाई आग्रह थियो । अवौधानिक रुपमा मलेसियामा वस्नु भन्दा नेपाल फर्किनु कल्याण हुन्छ राजदुत पाण्डेले भने । मलेसियाको अध्यागमन सम्म लग्ने काम नेपाली दुतावासले गर्ने हुदा कुनै पनि मलेसियामा रहेका अवौधानिक नेपालीले दलालको भर नपरे हुन्छ । दुतावासले सवै चाजोपाजो मिलाउछ उनको भनाइ थियो ।
अध्यक्षमा गुरुङ्ग
गैर आवसिय नेपाली संघ जोहरको अध्यक्षमा मिन वहादुर गुरुङ्ग चयन भएका छन । आइतवार भएको अधिवेशन वाट हरि बहादुर बस्नेत र युबराज ओली उपाध्यक्ष,वेदना श्रेष्ठ महिला उपाध्यक्ष, अर्जुन सिंह अनुरागी सचिव ,रेस्मा कला राई कोषध्यक्ष र राज बहादुर साउद युबा संयोजकमा चयन भएका छन् ।
मलेसियामा नयाँ कार्यसमितीका लागी गैर आवसिय नेपाली संघको अधिवेशन समेत हुने तयारी भएको छ ।