तलव माग्दा जेल पठाइन्छ मलेसियामा

तिलोचन गौतम
मलेसिया

काम गरेको कम्पनी वाट तलव सहितका सुविधा माग्दा स्याङ्गजाका अनिल थापा,भिम मगर सहित ३ नेपालीलाई मलेसियाको निलाइ स्थीत ए वान ग्लोव कम्पनीले करिव १ महिना जेलमा राख्यो । कम्पनीका कार्यरत नेपालीलाई भटकाएको भन्दै कम्पनीले उनीहरुलाई केहि दिन वेपत्ता समेत वनायो । आफु कार्यरत कम्पनीमा पाउने सुविधा वारे वोल्दा मात्रै मानसिक र शारिरीक याताना भोगेका मगर र थापालाई कुनै सुविधा नदिइ नेपाल फर्कायो । यसै महिना पनि निलाइ मै रहेको डव्लु आर पि ग्लोग्व कम्पनीमा कार्यरत नेपाली श्रमीकले तलव र अन्य सुविधा नदिएको भन्दै हडताल गरे ।

केहि नेपालीलाई कम्पनीले मानसिक र शारीरीक यताना नै दियो । यो त एउटा प्रतिनिधी घटनामात्र हो मलेसियाको । नेपाल वाट तोकेको सेवा र सुविधा वारे कुरा गरे मात्र नेपाल फर्काउने गरेको नेपाली श्रमीकहरु वताउछन् ।

मलेसियामा नेपालीको हडताल

यस्तै उदाहरण हुन जुम्लाका दिवस शाही । मजदुर दिवसका दिन जिफन्ट सर्पोट ग्रुपको कार्यक्रममा सहभागी भएकै कारण शाहिले कम्पनी वाट तनाव मात्र भोग्नु परेन । करिव १ हप्ताको ‘सस्पेन्स’भोग्नु प¥यो । अव उपान्त कुनै कार्यक्रममा नजाने कागज गरेपछि उनी काममा फर्कीन पाए । यी त उदाहरण मात्र हुन । मलेसियाका नेपाली श्रमीकले भोग्दै गरेको समस्याका चाङ्ग नै छन् ।
यसै विच मलेसियाका नेपाली श्रमीकले नेपाल वाट नेपाली श्रमीक मलेसिया नल्याउन नेपाल सरकारलाई आग्रह गरेका छन् । मलेसियाका कम्पनी वाट पाइने मानसिक तथा अन्य शोषणको अन्त्य नभइजेल नेपाली श्रमीक मलेसिया ल्याउनु नहुने उनीहरुको भनाइ छ । नेपालीलाई श्रम अनुसारको तलव नदिने कम्पनीको संख्या धेरै भएको उनीहरुको भनाइ छ । मलेसियामा ३ वर्ष श्रम गरेका झापाका रुद्र भट्टराईका अनुसार मलेसियाका धेरै सेक्युरेटी कम्पनीले समयमा तलव नै दिदैनन् । ‘छुट्टी नै दिदैनन् तर काम गरेको पैसा माग्दा श्रमीकलाई यताना समेत दिने गरेका छन्’उनले भने ‘यी समस्या वारे समाधान नगरी .फेरी नेपाली श्रमीक मलेसिया ल्याउनु नेपाली श्रमीकलाई दुःख दिनु मात्र हो’।
मलेसियामा कार्यरत होटल श्रमीक र सेक्युरेटी सवै भन्दा धेरै पिडित वन्दै आएका छन् । समयमा नै तलव पाउने त भाग्यमानी कहलिन्छ । यस्तो अवस्थामा पनि नेपालवाट श्रमीक पठाउनु गलत हुने श्रमीकहरुको दावी छ । श्रम समस्या हल गर्न नेपाल सरकारले मलेसिया संग श्रम सम्झौता गरे पनि यो कतिको प्रभावकारी हुन्छ स्वयम श्रमीक अलमलमा छन् । श्रमीकका समस्या वारे सुनुवाइ हुने कुनै निकाय समेत नहुदा नेपाली श्रमीक मलेसियामा पिडामा पर्दैै आएका छन् । नेपाल वाट मलेसिया पठाउने म्यानपावर कम्पनीले ठिकठाक भने पनि मलेसियामा त्यस्तो नहुने नेपाली श्रमीकको भनाइ छ ।