अब मलेशियामा फोपीबाट नेपाली चलचित्र हेर्न सकिने ।

नयाँ नयाँ प्रबिधी बिकासको बाटो पछ्याउदै नेपाली चलचित्र प्रसारणको लागि असार १८ गते सार्वजनिक भएको एप फोपी अहिले मलेसियाबाट पनि पैसा भुक्तानी गरि चलाउन सक्ने भएको छ।

नेपाली चलचित्र प्रसारणलाई टेवा दिने उदेश्यले नेपाली युवाहरुले नै बनाएको एपमा धेरै चलचित्रहरु राखिएको छ। यस एपले नेपाली चलचित्र प्रवर्द्धनलाई समेत ध्यानमा राखी नयाँ प्रबिधी मार्फत नेपाली चलचित्र बिश्वभरी रहेका हरेक नेपालीको हातमा पुर्याउने संकल्प लिएको छ। विश्वभरी रहेका नेपालीले अब हलमा प्रदर्शनमा भएको चलचित्रहरु चाडै नै आफ्नै मोबाईलमा हेर्न सक्ने छ्न। मलेसियामा बस्ने नेपालीहरुले यस एपबाट नेपाली चलचित्र हेर्न ७ रिङ्गेट वा ५ रिङ्गेट तिर्न पर्ने छ।

यस एपबाट चलचित्र हेर्न मलेसियाका नेपालीहरुले प्लेस्टोर बाट एप डाउन्लोड गरि मनपरेको चलचित्र छानेपछी आफ्नो बैंकको कार्डबाट पैसा तिर्न सक्नेछ्न। यसरी पैसा तिर्न भने ती बैकबाट ईन्टरनेट बैंकिङ्ग सुबिधा लिएको हुन पर्नेछ। बैकको कार्ड नभएकोले भने त्यसै पैसा तिर्ने अपसनमा सेभेन इलेभेन सेलेक्ट गरेर त्या आएको कोर्डलागि नजिकैको सेभेन इलेभेनमा गैइ पैसा भुक्तानी गर्न सक्ने छन।

प्लेस्टोरबाट दुई लाख भन्दा बढी पटक डाउन्लोड गरिएको फोपी एपले अहिले विश्वभरी नै नेपाली चलचित्रको बजार बिस्तार गरि रहेको छ। यस एपको सेवा सुचारु भएसंगै ग्रहाकहरुले अब नेपाली चलचित्र हेर्न बर्षौ कुर्न नपर्ने र नेपाली चलचित्रहरुले पनि अतरिक्त आम्दानी गर्न सक्ने बिस्वास संचालकहरुले लिएका छन। चलचित्र, गीत, सिरिज, पोडकास्ट तथा अरु सामग्रीहरु यस एपबाट हेर्न सुन्न सकिने छ। यो एपमार्फत उपभोक्ताले आफ्नो रुचिअनुसारका सामग्री सजिलै आफ्नो मोबाइलमा डाउन्लोड समेत गर्न सक्नेछन् |