राजदुतावास मलेसियाद्वारा पेनाङ्गमा आयोजित एकदिने कन्सुलर सेवा सम्पन्न दर्जनौं सेवाग्राही लाभान्वित ।

तिलोचन गौतम

क्वालालम्पुर, मलेसिया

मलेसियास्थित नेपाली राजदुतावास मलेसियाले मलेसियाको राजधानी क्वालालाम्पुर भन्दा टाढा रहेका नेपाली कामदारहरुलाई लक्षित गर्दै ती क्षेत्रहरुमा रहेका नेपालीकामदार हरु लाई राजदुतावासले प्रदान गर्दै आएको सेवा सुबिधा बारे जानकारी दिन समय समयमा कन्सुलर सेवा प्रदान गर्दै आएको छ । करिब १०० को हाराहारीमा उपस्थित श्रमिकहरुका बिच आज जुन ९ तारीख आइतबार पेनाङको देवान हल, बुकित मर्ताजाममा एक दिने कन्सुलर सेवा सम्पन्न भएको छ।

कन्सुलर सेवा प्रदान कार्यक्रमको लागि राजदुतावास को तर्फबाट महामहिम राजदुत मिनिस्टर काउन्सिलर कुमार राज खरेल लगाएत दूतावासका कर्मचारी सहितको पेनाङ पुगेको टोलि ले १० वटा राहदानी आबेदन संकलन ३ वटा यात्रा अनुमती पत्र जारी,१ कागजात प्रमाणिकरन लगाएत दर्जनौं गुनासाहरुको सम्बोधन गरेको छ ।

कार्यक्रममा जनद्वार केन्द्र लगाएत का थुप्रै स्थानीय नेपाली श्रम संगठनको प्रतिनिधि उपस्थित भएका थिए । कार्यक्रममा बोल्दै राजदुत उदयराज पाण्डेले कार्यक्रमहरु बाट थुप्रै खाल्का समस्यामा नेपाली कामदार रहेको खुल्दै आएको र तिन्को दिगो दीर्घकालीन समाधानको खोजीमा दूतावास लागि परिरहेको बताएका थिए।