तिलोचन गौतम
क्वालालम्पुर मलेसिया प्रबासी नेपाली हातेमालो कल्याणकारी समाज मलेसिया ले मलेसिया स्थित राजदुतावास क्वालालम्पुरमा आफ्नो संस्था को बिधान बारे जानकारी गराएको छ । आजै प्रवासी नेपाली हातेमालो कल्याणकारी समाज का अध्यक्ष लगायत सम्पूर्ण पदाधिकारीहरु सहितको सिंगो टिम आज दूतावासमै उपस्थित भै आफ्नो संस्थाको विधान बारे राजदुत लाई जानकारी गराएको छ ।
सात पृष्ठ लामो बिधान बारे जानकारी गराउदै प्रबासी नेपाली कल्याणकारी समाज मलेसियाका अध्यक्ष पुरुषत्तम कार्कीले बिधान बारे स्पस्ट पारेका थिए। कार्की राजदुतावासको तर्फबाट महामहिम राजदूत उदय राज पाण्डे ले बिधान स्वागतयोग्य भएको जानकारी गराउदै दूतावासमा आएर बिधान बारे जानकारी गराउदा खुसी ब्यक्त गर्नुभएको थियो ।

महामहिम राजदुतका अनुसार कतिपय अबस्थामा राम्रै उदेश्यले खोलिएका संघसंगठन र तिन्का बिधान पनि देश अनुसार अबैधानिक ठहरिन सक्ने भन्दै बिधान बारे चासो देखाउनुभएको थियो । महामहिम राजदुत पाण्डे ले राजदुतावासका तर्फबाट हुनसक्ने सहयो सबै संघ-संस्था लाइ हुने बताउदै संगठानिक बनेर कुनैपनि समस्याको समाधान खोज्न सबैलाइ अनुरोध गर्नुभएको थियो ।
राजदुत लगाएत राजदुतावासका अन्य पधादिकारी ले समेत बिधान बारे चासो देखाउदै भाबी दिनमा सस्था ले राम्रो काम गर्नेमा आफुहरु आसाबदी रहेको बताएका थिए। दूतावास पुगेको प्रबासी नेपाली टिमले आगामी दिनमा भैपरी आएका समस्याहरुलाई समाधान गर्ने अठोटका साथ महामहिम राजदुतले दिएको हौसल्लाले अझैं थप ऊर्जा थपिएको अध्यक्ष पुरुस्वत्तम कार्की ले बताउनुभयो।




















