तिलोचन गौतम
क्वालालम्पुर मलेसिया
विभिन्न समस्यामा परेका नेपालीहरु लाई सहयोग तथा उद्वार गर्दै आएको जनउद्वार केन्द्र मलेसियाले मलेसियामा बैधानिकता पाएको छ ।
मलेसियामा रहेका थुप्रै नेपाली संघ सस्था भन्दा फरक तरिकाले काम गर्दै आएको जनद्वार केन्द्र मलेसियाले मलेसियाको सामाजिक कार्य दर्ता ऐन अनुसार एहि मे महिना को गत ६ गते बैधानिकता पाएको हो ।
मलेसियामा रहेका नेपाली संघ सस्था हरु मध्यकै पहिलो बैधानिकता पाउने सस्था का रुपमा जनद्वार केन्द्र स्थापित हुदा आफुहरुलाइ थप उद्वारका काम गर्न उत्साह र हौसला थपिएको र अझै सकृय अनि जिम्मेवार भएर आफुहरु उद्वारका काममा लाग्ने बताउदै जनद्वार केन्द्र मलेसियाका अध्यक्ष केशु थापाले खुसी व्यक्त गरे।
जनद्वार केन्द्र मलेसियाले हाल सम्म विभिन्न समस्यामा परेका जेल तथा घर फिर्ती केन्द्रमा अलपत्र परेका लगाएतका अन्य गरि करिबकरिब १५० जना नेपालीको उद्वार गरिसकेको छ ।




















