“भित्ते पात्रो विमोचन कार्यक्रम सप्पन्न “

जि. एस. समाज सेवा युवा क्लब, मलेसियाद्वारा प्रकाशन गरिएको २०७६ सालको क्यालेन्डर (भित्ते पात्रो)को विमोचन कार्यक्रम सम्पन्न भएको छ। 28/04/2019 का दिन जि. एस. समाज सेवा युवा क्लबले विषेश कार्यक्रम गरि क्यालेन्डरको विमोचन तथा नव वर्ष २०७६ सालको शुभकामना आदन- प्रदान कार्यक्रम गरेको थियो। स्थापना काल देखि नै विविध कार्यक्रम तथा समाज सेवामा ठुलो योगदान पुर्याउदै आएको जि. एस. समाजले यस वर्ष देखि क्यालेन्डर प्रकाशन थालेको हो र यसलाई क्लबको ठुलो सफलताको रुपमा लिइएको छ। हावाहुरी पीडित लाई राहत देखि लिएर मृतक अञ्जु कुमारी ऋषिदेवको बच्चालाई अनुदान सहयोग जस्ता विविध सहयोग हस्तान्तरणका कामहरू गर्दै आएको यो क्लबले हाल सम्म रु. ५१ लाख भन्दा बडी रकम विभिन्न विषयमा सहयोग हस्तान्तरण गरि सकेको छ।
राम परियार को अध्यक्षतामा बसेको उक्त कार्यक्रममा प्रवासी मेमेङ समाज ‘मलेसियाका अध्यक्ष महेन्द्र केरुङ लिम्बू प्रमुख अतिथि रहनु भएको थियो। जि. एस. समाज सेवा युवा क्लबका प्रमुख सल्लाहकार मदन सुब्बा, अध्यक्ष राम परियार, प्रवासी मेमेङ समाजका अध्यक्ष महेन्द्र केरुङ लिम्बू र जि. एस. समाजका सचिव प्रमोद कुमार मोक्तानबाट क्यालेन्डरको विमोचन गरिएको थियो। प्रमुख अतिथि महेन्द्र केरुङले सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनी लाई नव वर्ष २०७६ सालको शुभकामना दिदै जि. एस. समाजले क्यालेन्डर प्रकाशन गरेकोमा बधाई दिनु भयो। भन्नुभयो प्रवासमा हामी सबै नेपालीहरु मिलिजुली हातेमालो गर्दै अघि बढ्नु पर्छ। अध्यक्ष राम परियारले सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीलाई नव वर्षको शुभकामना व्यक्त गर्नु भएको थियो।उपाध्यक्ष ,बिजय जैसवाल ,मिथुन बिराजी साथै सक्रिय सदस्य शिव मण्डल,मनोज मण्डल आदिले सबै नेपालीको एकताले यहाँ सम्म पुग्न सकेको ,एकता नै बल हो ।सबै नेपाली एकजुट भएर अघि बढनुपर्छ भन्दै सबैलाई धन्यवाद व्यक्त गर्नुभएको थियो । यसै क्रममा जि. एस. समाज सेवा युवा क्लबको भलिबल टिमका लागि र अन्य अभियानमा विषेश योगदान पुर्याउदै आउनु भएका अग्रज व्यक्तित्व तथा जि. एस. भलिबल टिमका मुख्य खेलाडीहरु क्रमश नरेन्द्र राना, दिनेश राना, सविन थापा र राजकुमार कार्की लाई क्लबका अध्यक्ष राम परियार द्वारा क्यालेन्डर प्रदान गर्दै विषेश सम्मान गरिएको थियो। कार्यक्रममा क्लबका प्रमुख सल्लाहकार मदन सुब्बा, सल्लाहकार हीरालाल बि.क. उपाध्यक्ष जटिल बि. सि. बिजय जैसवाल, मिथुन विराजी, महासचिव सन्तोष राई, सहसचिव गोपाल रायमाझी, कोष-उपाध्यक्ष विमल पोख्रेल ,सक्रिय सदस्य शिव मण्डल,मनोज मण्डल,मान लिम्बु रन्जना केरुङ लगायतका व्यक्ति हरु बोल्नु भएको थियो भने क्लबका सचिव प्रमोद कुमार मोक्तान ले कार्यक्रम संचालन गर्नु भएको थियो। कार्यक्रममा विभिन्न निकायका व्यक्तित्व हरु बुद्धिजीवी, समाजसेवी, लगायतका व्यक्ति हरुको बाक्लो उपस्थिति रहेको थियो।