मोरङ बिराटनगरकी अन्जु कुमारी रिशिदेब दुइ बर्ष अघि मनमा अनेकौं सपना बोकेर ति सपनालाई बिपना तुल्याउन मलेसियाको जोहोर बातु पहात स्थित Gimmill industrial (m) sdn bhd कम्पनीमा कामगर्न नेपालबाट आएकी थिईन तर उनको सपनाहरु बिपनामा परिणत नहुदै आएको दुई बर्ष पछि अर्थात दुई महिना अघि (15-02-2019) बेलुकी 10:00 बजे रोड एक्सिडेन्ट् मा परि घटनास्थलमै ज्यान गुमाएको पर्यो । अन्जु दुई बर्ष अघि क्याराभन मेनपावर काठमाडौ बाट मलेसिया आएका थिईन तर उनका सारा सपना पुरा भएन साथै उनको घरको आर्थिक अवस्था पनि कम्जोर भएकोेले उनका घर परिवार, बाल बच्चालाई केही सहयोग होस भन्ने उदेश्यले “जि एस समाज सेवा युवा क्लब मलेसिया को अगुवाइमा मलेसिया को जिमिल कम्पनी, सोङ्लिन कम्पनी, बुलुबेरी कम्पनी, ओरेन्ज कम्पनी मा कार्यरत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनी हरु बाट सहयोग र विभिन्न डाेनेशन बक्स बाट सहयोग संकलन गरि जम्मा रु ,८,१७,१०५ /-(आठ लाख सत्र हजार एक सय पाँच ) रुपैया आर्थिक सहयोग हस्तान्तरण गरिएको छ।

राम परियार को अध्यक्षतामा आइतबार एक कार्यक्रम गरि सम्पूर्ण सहयोग रकम को बारेमा जि एस क्लबका विशेष सल्लाहकार तथा प्रवासी मेमेङ समाज मलेसिया का अध्यक्ष महेन्द्र केरुङ ले बिस्तृत रूपमा सार्बजनिक गर्नुभएको थियो ।उक्त कार्यक्रममा संस्थाका प्रमुख सल्लाहकार मदन सुब्बा, सल्लाहकार सोमनाथ भण्डारी, हिरा बिक, महासचिव सन्तोष राई, सचिव प्रमोद मोक्तान, उपाध्यक्ष जटिल बि सि बिजय जैसवाल, मिथुन बिराजी, कोषअध्यक्ष धनु राना, कोषउपाध्यक्ष विमल पोख्रेल, सदस्यहरु रन्जना केरुङ, सानी तामाङ, संगीता घलान, सुप्रीया तामाङ लगायत विभिन्न सदस्यहरु समाजसेवी हरुको बाक्लो उपस्थिति रहेको थियो ।
जि एस समाज सेवा युवा क्लबको यो आर्थिक सहयोग अभियानमा सहयोग गर्नुहुने जिमिल, सोङ्लिन, ओरेन्ज, बुलुबेरी कम्पनीमा कार्यरत सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनी हरु लाई हार्दिक धन्यवाद दिदै अहो रात्री खटेर सहयोग संकलन कार्यमा सक्रिय भइ अभियान लाई सफल पार्न मद्दत गर्नुहुने तमाम सहयोगी दाजुभाइ तथा दिदिबहिनी हरु लाई जिएस समाज सेवा क्लब मलेसिया विशेष आभार व्यक्त गरेको छ । उक्त सहयोग संकलन निम्न तपशिल बमोजिम भएको थियो ।
१)जिमिल कम्पनी बाट 471जना =RM 9593/- २)सोङ्लिन कम्पनी बाट 223 जना =RM 4460/- ३)ओरेन्ज कम्पनी बाट 273 जना =RM 5460/- ४)बुलुबेरी कम्पनी बाट 145 जना =RM 2930/- ५)बाहिर अन्य बाट 11 जना RM 175/- गरि जम्मा =RM 22618/- #विभिन्न donation box बाट 1)जिमिल कम्पनी A बाट RM 4247/- 2) बुलुबेरी कम्पनी बाट RM1160/- 3)सोङलिन कम्पनी बाट RM 600/- 4)जिमिल B कम्पनी बाट RM1260/- 5)ओरेन्ज कम्पनी बाट RM 525/- 6)EMB, cotting, heatsheel, बाट RM 406/- जम्मा = RM 8164/- RM (22618+8164) RM 30,782/- अर्थात जम्मा संकलन रकम = रु 8,17,105 /-(आठ लाख सत्र हजार एक सय पाँच )


















