मलेसिया को जोहोरबारुमा नेपाल प्रबासी तामाङ युवा मञ्च मलेसिया गठन भएको छ।
तामाङ समुदायको भाषा धर्म संस्कृति जगेर्ना गर्न ,रोजगारीको शिलसिलामा समस्या परेका नेपालीको उद्धार र सहयोग,नेपालमा रहेको तामाङ जातिको गुम्बा म्हने छ्योर्तेन पुनर्निर्माण कार्यमा सहयोग जुटाउने, स्वस्थ्य क्षेत्रमा सहयोग गर्ने,अनाथ बालबालिकाको शिक्षा क्षेत्रमा छात्रवृत्ति दिने लगयत बिबिध क्षेत्रमा सहयोग पुर्याउने उदेश्यले मलेसियाको जोहोर बारुमा प्रबासी तामाङ युवा मञ्च गठन भएको छ ।
गत आइतबार फागुन ५ गते तदनुसार फेब्रुअरी १७ २०१९ मा बसेको सर्बदलिय बैंठक बाट प्रकाश वाइबा तामाङको अध्यक्षतामा १३ सदस्य कार्यसमिति गठन गरिएको छ तेसैगरी समितिमा क्रमश ,उपाध्यक्षमा सबिन लामा ,उपाध्यक्षमा संगीता लामा ,महासचिवमा दिनेश थिङ्ग तामाङ ,सचीवमा बिराज तामाङ ,स-सचीबमा गौरी तामाङ ,कोषाध्यक्ष – बिनोद स्याङतान ,स-कोषाध्यक्षमा मनिषा स्याङतान ,तेस्तै साधारण सदस्यमा वाङ्जेन लामा,मेघा पाखृन ,रमेश थिङ्ग ,बिमली तामाङ ,सिङगम स्याङतान ,बिकास तामाङ ,बुद्धि स्याङतान ,राजकुमार वाइबा, राजकुमार थिङ्ग,सन्तोष बोम्जन ,दावा योन्जन, बिमल वाइब ,सन्चा तामाङ ,अस्मिता तामाङ रहने गरि समिति गठन भएको मञ्चका महासचिव दिनेश थिङ ले जानकारी दिए।
मञ्चको गठन संगै तत्काल गुम्बा निर्माण र अनाथ बालबालिकाको लागि नेपाल तामाङ प्रबास युवा मञ्चले रु.३४,६२५ ( चौतिस हजार छ सय पच्चीस ) संकलन गरेका छन ।



















