मलेसियाको सडक दुर्घटनामा परि एक नेपाली महिलाको मृत्यु।

मोरङ, बिराटनगरकी अन्जु कुमारी रिशिदेव दुई बर्ष अघि मनमा अनेकौं सपना बोकेर मलेसियाको बातुपाहत स्थित Gimmill industrial (m) sdn. bhd.कम्पनीमा कार्यरत थिईन ।तर उनको सपना विपनामा परिणत नहुदै आएको दुई वर्ष पछि हिजो ( 15-02-2019 ) बेलुकी 10:00 बजे सडक दुर्घटनामा परि ज्यान गुमाएकी छिन् ।अन्जु दुई बर्ष अघि क्याराभन मेनपावर काठमाडौबाट मलेसिया आएकी थिईन।
अन्जु कम्पनीमा ओभर टाइम गरेर होस्टल फर्किने क्रममा रोड क्रस गर्दा दुर्घटनामा परेकी थिईन ।दुर्घटना परेकी अन्जुको घटनास्थलमै मृत्यु भएको थियो। लासलाई पोस्टमार्टमको लागि मलेसिया बातुपाहतको सुल्तान हस्पिटलमा राखिएको छ।