मलेसिया।
बैदेशिक रोजगारको शिलशिलामा मलेसियामा पूर्ब मेचीदेखि पश्चिम महाकाली सम्मका छरिएर रहेका सम्पूर्ण तामाङहरुलाई एकताको सुत्रमा आबद्ध गराएको संस्था तामाङ समाज मलेसियाको सोनम ल्होछार विशेष सान्सकृतिक कार्यक्रम 2075 को तयारी अन्तिम चरणमा पुगेको आयोजकले जानकारी दिएको छ।
सन्सार भरी छरिएका तामाङ हरु एक हौ, हाम्रो भाषा धर्म र संस्कृति जगेर्ना गरौ भन्ने मुल नाराका साथ भोलि फेब्रुअरी 5 तारीख मङलबार मलेसियाको क्वालालम्पुर स्थित एरिना होटलमा कार्यक्रम हुदैछ !
नेपालबाट आमन्त्रित अतिथि कलाकार तामाङ कलाकार संघका कलाकारका साथै स्थानीय कलाकारहरुको जोडदार सेलो प्रस्तुती कार्यक्रममा रहने भएको छ।

















