तिलोचन गौतम
क्वालालम्पुर मलेशिया
वैदेशिक रोजगारीका लागि दुई बर्ष पहिले मलेशिया आएका सोलुखुम्बु वाकु ६ रोचम का हर्कजङ्ग खालिङ को गत शुक्रबार राति मृत्यु भएको छ।
कार्यरत कम्पनीको समान डेलिभरी गर्न चालक सहयोगी को रूपमा गएका उनी साभार सबारी दुर्घटना हुदा ससक्त घाइते भएका उनको शुक्रबार राती हस्पिटलमा उपचारका क्रममा निधन भएको छ ।
मलेसियाको मलकाको सुङ्गाइ कोलाबारु मजिस्थानामजिस्थाना मा रहेको केल्विन कम्पनीमा बिगत २ बर्स देखि कार्यरत थिए ।
मृतक हर्क को सब हाल पोस्टमार्टम को लागि सेरेम्बान हस्पिटल मा राखिएको र कम्पनी ले दूतावास सङ सहकार्य गरेर आबस्यक प्रक्रिया पुरा गरि शव नेपाल पठाउने तयारी रहेको मृतक का भाइ दानकुबिर खालिङ राई ले जानकारी दिए ।
संगै साभार सबारी चालक पनि ससक्त घाइते भएको र हात गोडा टुटेको र गम्भीर चोट लागेको कम्पनी श्रोतले जानकारी दियो।



















