तिलोचन गौतम
क्वालालम्पुर मलेसिया
मलेसियाका विभिन्न स्थानमा छरिएर रहेका दोलखा जिल्ला बासि जोसिला युवा हरुको सक्रियतामा भै-परि अाँउदा सर-सहयोग गर्ने ,पारस्परिक जिल्लाबासी को सहयोग आदानप्रदान गर्ने उदेश्यले मलेसियामा ३ बर्ष पहिले स्थापना भएको दोलखाली युवा समाज मलेसियाको दोस्रो अधिबेशन हुने भएको छ।
अधिबेशन एहि फेब्रुअरी ६ तारिख बुधबारका दिन ठिक ११ बजे क्वालालम्पुर कोत्राया IME बैंक को अगाडि रहेको नेपाली खाजा घर को माथिल्लो तलामा हुने तय भएको छ । कार्यक्रम मा दोलखा बासी सम्पुर्ण लाई उपस्थिति जनाइदिन र सस्था भन्दा फरक रहनुभएका साथीहरू लाई समेत ऎकेबध्धता जनाएर हातेमालो गर्न अपिल गरेको छ ।
अधिबेशन सभामा अन्य विविध मनोरंजनात्मक कार्यक्रम हरु पनि रहने सस्थाका प्रतिनिधिहरुले जानकारी दिए।



















