इलाम माङसेबुङमा का सन्तोस आङदेम्बे दश बर्ष देखि मलेसियामा बेपत्ता ।

तिलोचन गौतम
क्वालालम्पुर मलेसिया

मोरङ जिल्ला मधुमला-५ बितेनि स्थायी निवासी र हाल इलाम ,माङसेबुङमा घर भएका ४२ बर्षका सन्तोस आङदेम्बे दश बर्ष देखि मलेसियामा बेपत्ता छन।

मलेसिया आएको केही समय सम्म परिवार सङ सम्पर्कमा रहेका सन्तोस लामो समय बाट परिवारको सम्पर्कमा नहुदा परिवार चिन्तित बनेको छ। १० बर्ष बाट मलेसिया रहदै आएका सन्तोस लाइ भेट्नुहुने अथवा देख्नुहुने जो कसैले परिवारलाइ उहाको खबर पुर्याइदिनु हुन बिनम्र अनुरोध गरेका छन। उहाँको बारेमा थाहा पाउनुहुने ब्याक्ती ले मलेसियामा +60172512776 साम्यो आङदेम्बे लाइ  09779819336035 ” सुनिता लिम्बू” लाइ नेपाल मा खबर गरिदिन अनुरोध गरेका छन।

सन्तोस जीवितै छन भन्ने परिवार सङ रहेको झिनो आसा लाई तपाइँ हरुले सेयर गरेर सबैसङ पुर्‍याउन मद्दत पुर्याउनु हुन्छ भन्ने आसा लिएका छौ ।                                     सम्पादकीय