तिलोचन गौतम
क्वालालम्पुर मलेसिया
मलेशियाको सुभाङ स्थित एक कोरियन रेस्टुरेन्ट मा म्यानेजर काम गर्दै आएको राज आले मगर लगायतका अन्य केही सहकर्मी साथी हरु संग पैसा लिएर झापा सर्नवती का दिपक पौडेल सम्पर्क बिहिन भएका छन।
बिगत एक बर्ष अगाडि आमा बिरामी हुनुहुन्छ भनेर आफ्नै सहकर्मी साथी भाइ सँग लगभग ५०/६० हजार रिङ्गेट जम्मा गरि नेपाल फर्किएका पौडेल सम्पर्क बिहिन भएका छन ।
पैसा दिएर राम्रै सङ आमाको उपचार गराउनु भन्दै बिदाइ गरेका साथीहरु पौडेल सम्पर्कमा नआइदिदा आफुहरु पौडेल बाट ठगिएको महसुस गर्न थालेका छन। स्वदेश फर्किएको १ बर्ष बितिसक्दापनि सम्पर्कमा नआउदा ठूलो रकम दिएका सर्लाही हजार बिगाह नगरपालिका बार्हाथावाका राज आले लगायतका सथीहरु आफुले मेहनत गरेर कमाएको पैसा एत्तिकैपो जान्छ्की भन्ने चिन्तामा छन।
आफुहरुले बिश्वास गरेर कुनै प्रमाण बिनानै दिएको रकम तत्कालै फिर्ता गराउन नसक्दा उहाँ समस्यामै भएपनी सम्पर्कमा आइदिए समस्या दर्साइदिए आफुहरु तत्कालै माग्ने पनि थिएनौं राज आले ले गुनासो सुनासो सुनाए।
नोट ÷
देश तथा बिदेश मा रहनु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाइ सकेसम्म आर्थिक कारोबार गर्दा प्रमाण राखेर लेन देन गर्नुहोला।
सम्पादकीय



















