सरकार निजी विद्यालयलाई पुल्पुल्याएर राख्ने पक्षमा छैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिकालाई रुचीअनुसारको शिक्षादिनुपर्ने बताएका छन् । रुचीअनुसारको पठन पाठनको वातावरण पाउने हो भने सबै बालबालिका सफलहुने प्रधानमन्त्री ओलीको भनाइ छ ।

उच्च स्तरीय राष्ट्रिय शिक्षाआयोग –२०७५ को प्रतिवेदन आज बालुवाटारमा ग्रहण गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

“रुचीअनुसारको विषय र क्षेत्रको अध्ययनगर्न पाए सबै बालबालिका सफल हुन्छन्” प्रधानमन्त्री ओलीले भने, “फूटबलमा रुचीहुनेलाई संगित सिकाएका छौं । आफ्नो होइन बाबुआमा र विद्यालयको रुची लादेका छौं । अनि बच्चालाई असफल घोषित गरेका छौं । यो प्रणाली राम्रो होइन ।”

अहिलेको शिक्षा प्रणालीले बालबालिकालाई असफल बनाएर उनीहरुको आत्मविश्वासमा बञ्चरो हानिरहेको प्रधानमन्त्री ओलीले  बताए ।  प्रधानमन्त्री ओलीले भविष्यका कर्णधार भनेर चिनिएका बालबालिकालाई असफल घोषित गरेर उनीहरुको  मनोविज्ञान बिगार्नु गलत रहेको बताए । “परीक्षाका नाममा बालबालिकालाई फेल भनिरहंदा उसको आत्मविश्वासमा बञ्चरो प्रहार हुन्छ” प्रधानमन्त्री ओलीले भने “बाल्यकालमै असफलताको बिल्ला भिराइदिएपछि बच्चाको मनोवल उठ्न सक्दैन । यसले समग्रतामा देशको भविष्य माथी प्रहार गर्छ । ”

बालबालिकाको मनोविज्ञानमा असर नपरोस भनेर  असफल नहुने ग्रेडिङ प्रणाली ल्याएको प्रधानमन्त्रीले बताए । “यस प्रणालीले पनि शिक्षाको गुणस्तर बढाएको देखिएको छैन । हामीले जुन प्रणाली अपनाएपनि गुणस्तर वृद्धि खोजेका हौं ” प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले नेपाललाई विशिष्ट प्रतिभाहरुको देश बनाउनुपर्ने बताए । ४२ ÷ ४३ प्रतिशतमात्र सफलहुने देश होइन अब उन्नत विद्यार्थी भएको देशको रुपमा नेपाललाई चिनाउनु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । “नेपाललाई डिस्टिङसनहरुको देश बनाउनु पर्दछ” प्रधानमन्त्री ओलीले भने “असफलहरुको देशको परिचय अब बदल्नु पर्दछ । ”

प्रधानमन्त्री ओलीले सरकार निजीविद्यालयहरुलाई पुल्पुल्याएर राख्ने पक्षमा नभएको बताए । “सामुदायिक विद्यालयको शैक्षिक गण्ुास्तर  वृद्धि भएपछि निजीविद्यालयप्रतिको आकर्षण आफैं घट्छ ”प्रधानमन्त्री ओलीले भने “गुणस्तरीय शिक्षा सामुदायिकविद्यालयमा पाएपछि अभिभावकहरु महंगा निजीविद्यालयमा जाँदैनन् । सरकार हस्तक्षेप गरेर निजीलाई प्रतिवन्ध लगाउने पक्षमा छैन तर विद्यार्थी नै नभएपछि निजीविद्यालय कसरी टिक्छन् र ?”

प्रधानमन्त्री ओलीले आयोगले वुझाएको प्रतिवेदन सिफारिस भएकोले यसको व्यापक अध्ययन गरिने बताए । “आशा छ यो प्रतिवेदनसिफारिस मात्रनबनोस नीति कै रुपमायसलाई कार्यन्वयनगर्न सकियोस । ”प्रधानमन्त्री ओलीले शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोख्रेलले आज बालुवाटारमा एक कार्यक्रमका बीच प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।