टोकियो । जापानमा साथीको कोठामा बस्न गएका एक नेपालीको निधन भएको छ।
म्याग्दी जिल्ला स्थायी घर भई लामो समयदेखि जापानमा बस्दै आएका ५१ वर्षीय गोपाल मल्लको हिजो शनिबार साथीको कोठामा गएका बेला इवाराकीमा निधन भएको हो।
मल्ल बिगत ३१ वर्षदेखि जापानमा बस्दै आएका थिए। उनका श्रीमती र ३ छोराहरु छन् ।
जापानमा केही समयदेखि बेरोजगार रहेका मल्लको स्वास्थ्य स्थिति प्रतिकुल रहेको र सो समयमा उचित ध्यान दिन नसक्दा ज्यान गएको उनी निकट स्रोतले जनाएको छ।
अहिले स्वर्गिय मल्लको शवलाई प्रहरी जिम्मा लिएको छ। मल्लले जापानी श्रीमतीसँग सम्बन्ध विच्छेद गरी नेपाली महिलासँग विवाह गरेका थिए।



















