बालेन नेतृत्वको मन्त्रिपरिषद्को सूची सार्वजनिक, उपप्रधानमन्त्री छैनन्।

काठमाडौं := नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह बालेन नेतृत्वको मन्त्रिपरिषद्को सूची राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको छ । जसका दोस्रो वरीयतामा प्रधानमन्त्री शाहले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई राखेका छन् ।

तेस्रोमा गृहमन्त्री बनेका सुधन गुरुङ र चौथोमा परराष्ट्रमन्त्री बनेका शिशिर खनाल रहेका छन् ।  प्रधानमन्त्री शाहले रक्षा तथा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय आफू मातहत नै राखेका छन् ।

फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले झन्डै दुई तिहाइ जनमत पाएपछि रास्वपाले शाहको नेतृत्वमा एकल बहुमतको सरकार बनाएको हो ।

शाहले शुक्रबार राष्ट्रपतिबाट प्रधानमन्त्रीको शपथ लिए लगत्तै १५ सदस्यीय मन्त्रीमण्डल गठन गरेका हुन् । शाहले आफ्नो मन्त्रिमण्डलमा उपप्रधानमनत्री भने राखेका छैनन् ।