काठमाडौं := समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल १ करोड ४ लाख ४३ हजार हजार २७२ मतगणना भएको छ । निर्वाचन आयोगले उपलब्ध गराएको विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ५० लाख मत कटाएको हो । सबैभन्दा बढी मत पाएको रास्वपाले ५० लाख १४ हजार ८९१ मत पाएको छ ।
यस्तै, नेपाली कांग्रेसले १६ लाख ९५ हजार २६६ नेकपा (एमाले)ले १४ लाख १३ हजार ०६९, नेपाली कम्युनिष्ट पार्टीले ७ लाख ६८ हजार ३२७ , श्रम संस्कृति पार्टीले ३ लाख ५८ हजार ३१७, राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २५ हजार ३७५ मत प्राप्त गरेको छ ।
यस्तै, जनता समाजवादी पार्टी नेपालले १ लाख ७१ हजार ६९७, राष्ट्रिय परिवर्तन पार्टीले एक लाख ६६ हजार ४४७ र जनमत पार्टीले ७६ हजार ५४२ मत प्राप्त गरेका छन्। समानुपातिकतर्फ मतगणना जारी छ ।




















