काठमाडौं := चलचित्र ‘छ माया छपक्कै’ को दोस्रो भाग ‘छ माया छपक्कै-२’ औपचारिक रूपमा घोषणा गरिएको छ । दीपेन्द्र लामाको निर्देशनमा बन्ने यस चलचित्रमा दीपकराज गिरी मुख्य भूमिकामा देखिनुहुनेछ । यस्तै, दीपाश्री निरौला र निर्मल शर्माको पनि चलचित्रमा अभिनय रहनेछ । चलचित्रका अन्य कलाकारबारे चाँडै नै जानकारी सार्वजनिक गरिने बताइएको छ ।
साथै, निर्माण टिमले ‘छ माया छपक्कै-२’ को प्रदर्शन मिति पनि सार्वजनिक गरेको छ । यो चलचित्रलाई आउँदो वर्षको बडादशैंमा रिलिज गर्ने योजना रहेको छ । चलचित्रका निर्माता भने रोहित अधिकारी हुनुहुन्छ । २०७६ सालको बडादशैंमा रिलिज भएको पहिलो भाग ‘छ माया छपक्कै’मा दीपकराज गिरी र केकी अधिकारी मुख्य भूमिकामा हुनुहुन्थ्या । लामाकै निर्देशनमा बनेको सो चलचित्रले व्यापारिक दृष्टिले राम्रो सफलता हासिल गरेको थियो ।




















