काठमाडौं := क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) ले आईसीसी पुरुष टी-ट्वान्टी–२० विश्वकप २०२६ खेल खेल्नका लागि नेपालको खेलाडी टोली घोषणा गरेको छ।
टोलीको कप्तानमा रोहित पौडेल र उपकप्तामा दीपेन्द्रसिंह ऐरी छन् । आगामि विश्वकप भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुँदैछ । विश्वकप क्रिकेट आगामि फेब्रुअरी ७ देखि मार्च ८ सम्म चल्नेछ। रोहित पौडेलको नेतृत्वमा रहेको यो १५ सदस्यीय टोलीमा अनुभवी तथा युवा खेलाडीहरूको सम्मिश्रण छ।
यो टोलीले आक्रमक शैलीमा विश्वकप खेल्ने अपेक्षा गरिएको छ। नेपालले समूह चरणमै बलिया टोलीहरूसँग प्रतिस्पर्धा गर्ने तालिका छ। टोलीमा एनपीएल २०२५ मा शानदार प्रदर्शन गर्दै उदीयमान खेलाडी घोषित शेर मल्ल समावेश भएका छन् । शेर पहिलोपटक नेपालको सिनियर टोलीमा समावेश भएका हुन्। यस्तै बसिर अहमद पनि नेपालको विश्वकप टोलीमा परेका छन् ।
विश्वकप एसिया इएपी छनोटमा खेलेका कुशल मल्ल र मोहम्मद आदिल आलम भने विश्वकप खेल्ने टोलीमा परेनन् ।नेपालको टोलीः रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, गुल्शन झा, सन्दीप लामिछाने, नन्दन यादव, शेर मल्ल, ललित राजवंशी, करण केसी, सोमपाल कामी, बसिर अहमद, लोकेश बम, सन्दीप जोरा ।




















