काठमाडौँ:= हामी नेपाल का संयोजक सुदन गुरुङले देशव्यापी रूपमा सिभिलियन फोर्स गठन गर्ने घोषणा गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, उज्यालो नेपालका कुलमान घिसिङ र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच सोमबार एकता सहमति भएपछि गुरुङले यस्तो घोषणा गर्नुभएको हो।
गुरुङले आफूले गोरखनाथमा खाएको कसम पूरा गरेको दाबी गर्नुभएको छ। सामाजिक सञ्जालमा तस्वीर पोष्ट गर्दै उहाँले लेख्नुभएको छ, “गोरखाबाट खाएको कसम पूरा… Let’s celebrate Nepal We did it… हाम्रो राष्ट्रको लागि, हाम्रो भविष्यको लागि, हाम्रो देशको लागि।”
उहाँले तीन नेताबीचको सहमति ऐतिहासिक भएको उल्लेख गर्दै “मिलाएरै छोडेँ र इतिहासले सम्झनेछ” भन्ने अभिव्यक्ति पनि दिनुभएको छ। साथै, रवि लामिछाने, बालेन्द्र शाह र कुलमान घिसिङ आगामी निर्वाचनमा सँगै लड्ने दाबी समेत उहाँले गर्नुभएको छ।




















