क्वालालम्पुर (मलेसिया):= नेपाली राजदूतावास, क्वालालम्पुर मलेसियाले जोहोरबारु क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकहरूलाई लक्षित गरी सञ्चालन गरेको दुईदिने राहदानी तथा कन्सुलर सेवासम्बन्धी घुम्ती सेवा सफलतापूर्वक सम्पन्न गरेको छ।
कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्याउने नेपाली समाजिक संघसंस्था प्रवासी नेपाली समन्वय समिति (PNCC), गैरआवासीय नेपाली संघ (NRNA) जोहोर क्षेत्रीय समितिलगायत सम्पुर्ण स्वयंसेवकहरू तथा सेवाग्राही नेपालीप्रति नेपाली राजदूतावास, क्वालालम्पुरले एक सूचना सार्वजनिक गरि हार्दिक धन्यवाद व्यक्त गरेको छ।
राजदूतावासका अनुसार मंसिर २७ र २८ गते (तदनुसार १३ र १४ डिसेम्बर २०२५) सञ्चालन गरिएको उक्त घुम्ती सेवाबाट कुल ४०६ जना नेपाली नागरिकले विभिन्न सेवा प्राप्त गरेका छन्। सार्वजनिक सूचनामा उल्लेख छ।
घुम्ती सेवामार्फत प्रदान गरिएका सेवाहरूको विवरणअनुसार राहदानी नवीकरण (म्याद सकिएको, हराएको तथा क्षतिग्रस्त लगायत) सेवा ३३७ जनाले लिएका छन्। राहदानी वितरण सेवा ६४ जनालाई प्रदान गरिएको छ। एकतर्फी यात्रा अनुमति पत्र (Travel Document) ४ जनालाई जारी गरिएको छ। मञ्जुरीनामा सेवा १ जनालाई प्रदान गरिएको छ। यसरी घुम्ती सेवाबाट कुल ४०६ वटा सेवा प्रदान गरिएको राजदूतावासले जनाएको छ।
राजदूतावासले बिगतदेखि नै राजधानी क्वालालम्पुर बाहिर बसोबास गर्ने धेरैजना नेपाली श्रमिक कार्यरत रहेका विभिन्न ठाउँ हरु जस्तैः पेनाङ , जोहोर , साबाह सारावाक , ब्रुनेई लगायतको ठाउँहरुमा पुगि बेला बखत कन्सुलर घुम्तीसेवा दिँदै आएका छ्न ।






















