काठमाडौं := राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो क्वालिफायर खेल हुनेछ। त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा आज अपराह्न ४ बजे हुने उक्त खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङस प्रतिस्पर्धा गर्नेछन् । सुदूरपश्चिम अङ्क तालिकाको शीर्ष र विराटनगर दोस्रो स्थानमा पुगेर पहिलो क्वालिफायर खेल्ने पक्का गरेका हुन् ।
क्वालिफायर खेलमा दुवै टोलीका प्रमुख खेलाडीहरूको व्यक्तिगत प्रदर्शन सबैभन्दा महत्त्वपूर्ण बन्ने देखिएको छ । लिग चरणभर उत्कृष्ट लय देखाएको सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सका स्टार खेलाडीहरूले क्वालिफायर जस्तो दबाबयुक्त खेलमा टोलीलाई जिततर्फ डोर्याउने मुख्य जिम्मेवारी बोकेका छन् । ब्याट र बल दुवै विभागमा प्रभावशाली प्रदर्शन गर्ने खेलाडीहरूको फर्मले नै खेलको नतिजा निर्धारण गर्ने अपेक्षा गरिएको छ ।
सुदूरपश्चिम लिग चरणका सात खेलमध्ये छ र विराटनगरले भने सातमध्ये पाँच खेल जितेको थियो । सुदूरपश्चिमले विराटनगरसँग मात्रै लिग चरणमा पराजय भोग्नुपरेको थियो । विराटनगर भने चितवन र लुम्बिनीसँग पराजित भएको हो ।आज जित्ने टोली सिधैँ फाइनल पुग्नेछ । पराजित टोली इलिमिनेटर खेल्ने मौका पाउनेछ ।




















