महिला टी-२० विश्वकप क्रिकेट ग्लोबल छनोटकालागि प्रारम्भिक टोली घोषणा।

काठमाडौं := आइसिसी महिला टी-२० विश्वकप क्रिकेट ग्लोबल छनोटका लागि नेपाल क्रिकेट संघ (क्यान) ले २६ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ । छनोट खेलको तयारीका लागि क्यानले बिहीबार खेलाडीको नाम सार्वजनिक गरेको हो। खेलाडीको बन्द प्रशिक्षण शुक्रबार (आज) देखि मूलपानी मैदानमा सुरु हुनेछ ।

क्यानले सार्वजनिक गरेको प्रारम्भिक टोलीमा इन्दु बर्मा, रुविना क्षेत्री, सीता रानामगर, राजमती ऐरी, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विष्ट, रचना चौधरी, रुवि पोदार, पूजा महतो र कविता कुँवर हुनुहुन्छ। यस्तै, टोलीमा साना प्रविन, अलिशा यादव, ईश्वरी विष्ट, रोमा थापा, सोनी पाख्रिन, बिन्दु रावल, लक्ष्मी साउद, मनिषा उपाध्याय, सिमाना केसी, अनु कडायत, काजोल श्रेष्ठ, किरण कुँवर, अस्मिना कर्माचार्य र ममता चौधरी पनि पर्नुभएको छ ।

आगामी जनवरी १२ देखि फेब्रुअरी १ तारिखसम्म नेपालमा आयोजना हुने ग्लोबल छनोट खेलमा १० टोलीको सहभागिता रहनेछ। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। जसमा नेपाल समूह ‘बी’ मा रहेको छ । यस समूहमा बंगलादेश, नामिबिया, नेदरल्याण्ड र पपुवा न्युगिनी छन् । समूह ‘ए’ मा आयरल्याण्ड, स्कटल्याण्ड, थाइल्याण्ड, अमेरिका र जिम्बावे रहेका छन् ।