क्वालालम्पुर (मलेसिया):= नेपाल थामी समाज मलेसियाले यस वर्षको उधौली पर्व (भुम्या पूजा) २०८२ भव्य रूपमा मनाउनका लागि भब्य तयारी पूरा गरेको छ। कार्यक्रम २०८२ मंसिर २८ गते (१४ डिसेम्बर २०२५), बिहान ११ बजे कोस्मो होटल (Cosmo Hotel) कोतारायामा आयोजना हुनेछ।
कार्यक्रममा थामी समुदायको सांस्कृतिक नृत्य–गीत, भुम्या पूजा विधि, सामुदायिक प्रार्थना, र विशेष प्रस्तुति दिने तयारी गरिएको छ। स्थानीय कलाकारहरू धकमनी लम्सल बी.सी., चन्द्रबहादुर घिसिङ (चार्ली), कशी गुरुङ र अलिजा तामाङ लगायतले प्रस्तुति दिनेछन्।
थामी समाज मलेसियाका अध्यक्ष सन्तोष ठान्टी थाङ्मी का अनुसार, “यो पर्व थामी समुदायको पहिचान र संस्कृति झल्काउने मात्र नभई सामुदायिक एकता, सहकार्य र भाइचारा बलियो बनाउने अवसर पनि हो।”उनले भने ।
समाजले थामी समुदायसँगै सम्पूर्ण किराती र गैरकिराती समुदायलाई पनि कार्यक्रममा सहभागी भएर सांस्कृतिक एकतामा हातेमालो गर्न सार्वजनिक हार्दिक आमन्त्रणसहित अनुरोध गरेको छ।




















