चलचित्र ‘डल्लेले इन्ट्री मार्‍यो’को फष्र्ट लुक्स पोष्टरमा ‘बले’को इन्ट्री।

काठमाडौं := चलचित्र ‘डल्लेले इन्ट्री मार्‍यो’को फष्र्ट लुक्स पोष्टर सार्वजनिक भएको छ । चैत २७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘डल्लेले इन्ट्री मार्‍यो’को पोष्टरमा सागर लम्साल ‘बले’ फिचर्ड हुनुहुन्छ । सागरले सिगरेट तानेर त्यसको नसामा रहेको दृश्यमा देखाइएको छ । यसले उहाँको क्यारेक्टरको विशेषता झल्काउने प्रयास गरेको छ।

फिल्मको अधिकांश छायांकन कास्कीको याङ्जाकोटमा भएको हो भने करिब १० प्रतिशत दृश्य काठमाडौंको गागलफेदी आसपास खिचिएको छ। फिल्म राजु गिरीको निर्देशनमा तयार भएको हो। पटकथा र संवाद लक्ष्मण सुवेदी ले लेखेका छन्। उनले यसअघि आधा दर्जनभन्दा बढी फिल्म लेखन र निर्देशन गरिसकेका छन्।

फिल्ममा सागर लम्साल (बले) का अलवा रोशनी खड्का, रमेश बुढाथोकी, हेमन्त बुढाथोकी, रबिन्द्र झा, कैलास रावत, बिशाल पहाडी, ध्रुव कोइराला, साबित्रा चिलुवाल, आशा पौडेल, लक्ष्मीनाथ तिमिल्सिना, ओसिन भट्टराई, मोहनकृष्ण श्रेष्ठ, सुचेन्द्र परियार, रामहरि खड्का, रमेश अधिकारी,माधबा खनाल, सुस्मा केसी, नबराज गिरी लगायत कलाकारको अभिनय छ।

निर्देशक राजु गिरी स्वयंले पनि अभिनय गरेका छन्। बालकलाकारमा कंगना गिरी, रोनिश खड्का र काजल गिरी छन्। मुख्य सहायक निर्देशक बिनयराज पौडेल, छायांकन श्याम तामाङ, निर्माण व्यवस्थापन सुमन काफ्ले, कथा उमेश कुमार बस्नेत, र निर्माता सावित्री चिलुवाल, आशिक बस्नेत, आदर्श बस्नेत, निर्मला बस्नेत, सरिता पुरी गिरी रहेका छन्। फिल्म उषा फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको हो भने वितरण नेसनल सिने ग्रुपले गर्नेछ।