क्वालालम्पुर (मलेसिया):= मलेसियन मौसम विभाग (MetMalaysia) ले मलेसियाको मुख्यत चार राज्य पेरलिस, केदाहका केही जिल्ला, केलान्तान तथा तेरेङ्गानुको बेसुत क्षेत्रमा नोभेम्बर २६ (बुधबार) सम्म जारी रहने लगातार वर्षाको ‘खतरा’ (Danger) तहको चेतावनी जारी गरेको छ।
सोमबार जारी विज्ञप्तिमा विभागले केडाहमा प्रभावित क्षेत्रहरू लाङ्कावी, कुबाङ पासु, कोटा सेतार, पोखोक सेना, पादाङ तेराप, यान, पेनडाङ र सिक भएको उल्लेख गरेको छ।
केलान्नतानमा भने तुम्पाट, पासिर मास, कोटा बारु, तानाह मेराह, बाचोक, माचाङ र पासिर पुतिह परेका छन्।
यससँगै केदाह, पेनाङ, पेराक, केलान्टान र तेरेङ्गानुको केही क्षेत्रमा गम्भीर (Severe) तहको लगातार वर्षा चेतावनी पनि सोही मिति (नोभेम्बर २६) सम्मका लागि जारी गरिएको छ।त्यस्तै, सतर्कता (Alert) तहको चेतावनी अन्तर्गत पेराक, पहाङ र सेलाङ्गोरका केही जिल्लामा नोभेम्बर २४ र २६ सम्म निरन्तर वर्षा हुने अनुमान गरिएको विभागले जनाएको छ।
मेटमलेसियाले हालको मौसमसम्बन्धी अद्यावधिक जानकारी आधिकारिक वेबसाइट, myCuaca एप, तथा MetMalaysia का सामाजिक सञ्जालमार्फत प्राप्त गर्न सकिने बताएको छ। थप जानकारीका लागि हटलाइन 1-300-22-1638 मा सम्पर्क गर्न सकिने जनाइएको छ। — बर्नामा




















