राजदूत फिर्ता गराएकोमा सर्वोच्चले प्रधानमन्त्री कार्कीसंग माग्यो जवाफ्।

काठमाडौं := राजदूत फिर्ता नगर्नू भन्ने आदेश कार्यान्वयन नगरेर अदालतको अवहेलना गरेको आरोपमा सर्वोच्च अदालतले प्रधानन्यायाधीश सुशीला कार्कीसँग लिखित जवाफ माग गरेको छ । न्यायाधीश हरिप्रसाद फुँयाल र अब्दुल अजिज मुसलमानको इजलासले आइतबार कार्कीसहित विपक्षीसँग लिखित जवाफ माग गर्ने आदेश जारी गरेको हो ।

सरकारले असोज ३० गते चीन, जर्मनी, इजरायल, मलेसिया, कतार, रुस, साउदी अरब, स्पेन, अमेरिका, बेलायत र जापानका राजदूतलाई २० दिनभित्र फिर्ता हुन निर्देशन दिएको थियो । तर, सरकारको यो निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको थियो । जसमा कात्तिक १६ गते न्यायाधीश शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले अन्तरिम आदेश जारी गर्दै सरकारलाई उक्त निर्णय कार्यान्वयन नगर्न भनेको थियो ।

सर्वोच्च अदालतले आदेश दिएको भोलिपल्टै सरकारले कात्तिक १७ गते राजदूतहरूलाई पहिलेकै निर्णयअनुसार तत्काल फिर्ता हुन पत्र पठाएको थियो । सरकारले सर्वोच्चको अन्तरिम आदेशपछि पनि राजदूत फिर्ताका लागि ताकेता गरेको भन्दै अवहेलनाका दुईवटा रिट दायर भएका थिए ।

अधिवक्ता प्रेमराज सिलवाल र प्रतिभा उप्रेतीसहितले दायर गरेका रिटमा आइतबार यस्तो आदेश भएको हो । तर, सरकारले फिर्ता बोलाएका मध्ये चार राजदूतले राजीनामा दिइसकेका छन् । अन्य कोही परराष्ट्र मन्त्रालयमा हाजिर गर्दै छन् भने कोही बिदामा छन् ।