काठमाडौं हिडेकी प्रदेश प्रमुखले बाटोमै नियुक्त गरे एमाले नेतालाई मधेसको मुख्यमन्त्री।

काठमाडौं := मधेस प्रदेशको राजनीतिले नाटकीय मोड लिएको छ । मधेस प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोमबार बिहान नेकपा एमालेका संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्रीको पदमा शपथ ग्रहण गराएकी हुन् ।

सिन्धुलीको एक होटलमा भण्डारीले यादवलाई मुख्यमन्त्रीको पदमा शपथ खुवाइन् । संविधानको धारा १६८ (३) बमोजिम यादव प्रदेश सभाको ठुलो दलको हैसियतमा मधेस प्रदेशको नयाँ मुख्यमन्त्री बनेका हुन् ।

578746006_3026416197567346_6054607243780703106_n

शपथपछि यादवले भने, ‘मैले भर्खरै मुख्यमन्त्री पदमा शपथ लिएँ । जनकपुरमा अवस्था सहज थिएन । विरोध प्रदर्शन भइरहेको थियो । त्यही भएर सिन्धुलीमा शपथको कार्यक्रम राखिएको हो ।’  सोनलले प्रदेश प्रमुख भण्डारी अस्वस्थ भएको भन्दै काठमाडौँ जान जनकपुरबाट निस्केको आरोप लगाएका छन् । तर, बिचबाटोमा नै उनले यादवलाई शपथ गराएको उनको भनाई छ ।

575698244_1695984708420022_5828377205224365461_n (1)
प्रदेश प्रमुखलाई बिदाइ गर्दै सोनल

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मधेस प्रदेशको जनतासँग धोका भयो । स्वास्थ्य उपचारको नाममा निस्केकी मधेस प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सिन्धुली र महोत्तरी को सिमानाको एउटा होटेलमा प्रदेश को अस्मितालाई  समाप्त पार्ने खेल गरिन्। एक त महिला अर्को स्वास्थ्य को कुरा गरिन्।’ विश्वासको मत नपाउने भएपछि केही दिनअघि मात्र जितेन्द्र सोनलले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए ।