नेपाली कांग्रेस पार्टीमा क्रियाशील सदस्यको संख्या ६ लाख पुग्यो।

काठमाडौं := नेपाली कांग्रेस पार्टीमा नयाँ २ लाख नेपालीहरुले क्रियाशील सदस्यता लिएसंगै क्रियाशील सदस्यको संख्या ६ लाख पुगेको छ । नेपाली कांग्रेस पार्टीका महामन्त्री गगन थापाले केन्द्रीय समिति बैठकमा ६ लाखले क्रियाशील सदस्यता नवीकरण गरेको तथ्यांक पेस गरेका छन् ।

देशभरका ६ हजार ७ सय ४३ वडामध्ये अधिकांश वडामा सदस्यता नवीकरण सम्पन्न भएको भन्दै थापाले केही वडामा आन्दोलन, विवाद र निर्वाचन क्षेत्रीय समस्याजस्ता कारणले ढिलाइ भएको बताए ।

महामन्त्री थापाका अनुसार कांग्रेसले यसपटक डिजिटल प्रणाली प्रयोग गर्दै क्रियाशील सदस्यता व्यवस्थापन गरेको छ। कांग्रेसले २ लाख १७ हजार ९ सय जनालाई नयाँ सदस्यता वितरण गरिएको जानकारी दिएको छ ।