महिला एकदिवसीय विश्वकप क्रिकेटको उपाधि पहिलोपटक भारतले जित्यो।

एजेन्सी:= भारतीय महिला क्रिकेट टोलीले इतिहास रच्दै पहिलो पटक महिला एकदिवसीय विश्वकपको उपाधि हात पारेको छ। रोमाञ्चक फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ५२ रनले पराजित गर्दै ऐतिहासिक जित दर्ता गरेको हो।

भारतले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको थियो। निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा भारतले २९८ रनको चुनौतीपूर्ण योगफल बनायो। बलियो सुरुवात दिलाउँदै ओपनर शफाली वर्माले ७८ बलमा ८७ रनको शानदार पारी खेलिन्, जसमा ७ चौका र २ छक्का समावेश थिए।

मध्यक्रममा हरमनप्रीत कौरले ६५ रन जोडेकी थिइन् । रिचा घोषले अन्तिम क्षणमा विष्फोटक ब्याटिङ गर्दै ४३ रन बनाएर टोलीलाई प्रतिस्पर्धी लक्ष्यमा पुर्‍याइन्।

जवाफमा दक्षिण अफ्रिकाले राम्रो सुरुवात गरे पनि भारतीय बलरहरूको अनुशासित बलिङ अघि टिक्न सकेन। दक्षिण अफ्रिकाका लागि ओपनर लरा वोल्भार्ड्टले ९८ बलमा १०१ रनको शतक पूरा गरेकी थिइन् । तर उनको प्रयास जितका लागि पर्याप्त भएन। निर्धारित ४५.३ ओभरमा दक्षिण अफ्रिका २४६ रनमै अलआउट भयो।

India’s players celebrate the runout of South Africa’s Tazmin Brits during the ICC Women’s Cricket World Cup final match between India and South Africa in Navi Mumbai, India, Sunday, Nov. 2, 2025. (AP Photo/Rafiq Maqbool)

भारतकी दीप्ति शर्माले बलिङतर्फ उत्कृष्ट प्रदर्शन गर्दै ५ विकेट लिँदै जितमा मुख्य भूमिका खेलिन्। तिनैको कारण दक्षिण अफ्रिकाको मध्यक्रम एकपछि अर्को गर्दै ढलेको थियो। यो उपाधिसँगै भारतले महिला क्रिकेटमा नयाँ इतिहास रचेको छ। यसअघि भारत दुईपटक फाइनल पुगे पनि उपाधिबाट वञ्चित भएको थियो।

यस पटकको जितले भारतीय महिला क्रिकेटको दशकौँदेखिको संघर्ष र लगनलाई सफलताको शिखरमा पुर्‍याएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विटरमार्फत टोलीलाई बधाइ दिँदै भनेका छन्, “भारतकी छोरीहरूले विश्वमञ्चमा भारतीय झण्डा फहराएकी छन्। यो जित सम्पूर्ण देशका लागि गर्वको क्षण हो।” तस्बिर : एपी