काठमाडौं := धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेतृत्व गरेको ‘श्रम संस्कृति पार्टी’ आजदेखि आधिकारिक रूपमा दर्ता भएको छ। निर्वाचन आयोगले दल दर्ताको मान्यता दिँदै प्रमाणपत्र हस्तान्तरण गरेपछि पार्टीले औपचारिकता पाएको हो।
साम्पाङको पार्टीमा पाँच सदस्यीय पदाधिकारी र २३ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरिएको छ। पार्टीको चुनाव चिन्ह ‘माटोको ढिस्को’ तोकिएको छ। दल दर्ता प्रक्रियामा सहभागी हुन साम्पाङका समर्थकहरू पनि आयोग पुगेका थिए। साम्पाङले गत असोज १२ गते दल दर्ताको निवेदन दिएका थिए ।आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुँदै छ ।




















