सिटिईभिटिको विद्यार्थीको पुनः परिक्षा गराउनका लागि रु.१ करोड ७५ लाख खर्च लाग्ने।

काठमाडौं := शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले सिटिईभिटिको विद्यार्थीको पुन परिक्षा गराउनका लागि १ करोड ७५ लाख खर्च लाग्ने बताउनुभएको छ । मन्त्रालयमा सोमवार पत्रकार सम्मेलन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

जेन-जी आन्दोलनको क्रममा कोशी र वाग्मति प्रदेशका सिटिईभिटिका विद्यार्थीको उत्तरपुस्तिका जलेका थिए । यहाँका १० प्रतिशत विद्यार्थीको उत्तरपुस्तिका जलेको जानकारी दिनुहुँदै उहाँले पुन परीक्षाको लागि तयारी भइरहेको बताउनु भयो । परिक्षा दिनका लागि काठमाडौं आउननपर्ने व्यवस्था गरिएको पनि उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘अस्तीको आन्दोलन (जेन–जी आन्दोलन) मा सिटिईभिटिको विद्यार्थीहरुको उत्तरपुस्तीका जलेको हुनाले जो जसको कापी जलेको उनीहरुको फेरि परिक्षा लिने भन्ने कुरामा विद्याार्थीहरुको भीडभाड भयो । ती विद्यार्थीहरुको जाँच लिने भन्ने सहमति भएको छ । त्यो निर्णयमा कतिपय विद्यार्थीहरुको चित्त बुझेको छैन । उनीहरुको माग जाँच नदिई पास हुनुपर्छ भन्ने थियो । जाँच नदिई त कसरी पास गर्न सकिन्छ । खासगरि कोशी र बाग्मति प्रदेशको उत्तरपुस्तिका जलेको छ । करिब १० प्रतिशत विद्यार्थीको कापि जलेको रहेछ । त्यो जाँच उतै हुने, उतैको सेन्टरमा हुने, यता काठमाडौ आउन नपर्ने निर्णय भएको छ । त्यसको रुटिन पनि निस्किसकेको छ । सबै तयारी हुँदै छ । कापी जलेकाहरुको फेरि जाँच लिँदाखेरि झण्डै १ करोड ७५ लाख जतिको खर्च आउँदो रहेछ । त्यो सबै कुराहरुको व्यवस्था भएको छ ।’

उहाँले सिटिईभिटिको नयाँ सम्बन्धन दिनको लागि समिति गठन गरिएको पनि जानकारी दिनुभयो । सम्बन्धनका लागि २०६९ सालदेखी हालसम्म ४४२ वटा निवेदन परेकोले उक्त निवेदनहरुलाई छानविन गरेर दुई महिनाभित्र टुङ्याउने उहाँले दाबी गर्नुभयो । उहाँले सिटिईभिटिको सम्बन्धन दिन र सिटिईभिटिलाई परिमार्जन गर्न छुट्टाछुट्टै समिति गठन गरिएको पनि जानकारी दिनुभयो ।