मलेसियामै परिवारसंग सम्पर्कविहिन रहेका तामाङ १४ वर्षपछि सकुशल नेपाल फर्किए।

[ आरएन चौधरी थारु ] 

क्वालालम्पुर (मलेसिया):= वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा बिगत ९ बर्षदेखी सम्पर्कबिहिन अवस्थामा रहेका नेपाली श्रमिक रजिन तामाङ अन्ततः सकुशल स्वदेश फर्किएका छ्न ।

सिन्धुपाल्चोक निवासी रजिन तामाङ बिगत १४ बर्षपछि बल्ल आज सोमबार मलेसियादेखी नेपाल फर्किएको  तामाङ्लाई स्वदेश फर्काउन अहम भुमिका निभाउनुभएका नेपाल आदिवासी जनजाती महासंघ मलेसियाका वरिष्ठ-उपाध्यक्ष न्वाङ् नुरि शेर्पाले मलाया खबरलाई जानकारी दिनुभयो ।

आफ्नै परिवारसंग सम्पर्कविहिन भएर बेपत्ता अवस्थामा अवैधानिक हैसियतमा रहेका तामाङ फोहोर फाल्ने ठाउँमा सुत्ने , नजिकैको मन्दीरमा चढाएको खानेकुरा टिप्दै खाँदै गुजारा चलाइरहेका थिए । एकदिन महासंघ मलेसियाका वरिष्ठ उपाध्यक्ष न्वाङ् नुरि शेर्पाले तामाङको सो अवस्था देखेपछि उद्दारका लागि दूतावास लगायत उनको परिवारसमक्ष पहल थालेका थिए ।

परिवार सम्पर्कमा नरहेकोले यस् मलाया खबर मिडियामार्फत शेर्पाले नै रेकर्ड गरेको निजको भिडियो सार्वजनिक गरेका थियौं , त्यस पश्चात् खोजिनिती गर्दै परिवार सम्पर्कमा आए । परिवारका एक सदस्यले भने, “हामीले रिजन जीउँदै होलान् भन्ने आश नै मारिसकेका थियौं ,तर धन्य वहाँ सकुशल नै हुनुहुन्छ।”

तामाङ स्वदेश नफर्किन्जेलसम्म मलेसियामै बस्ने सेल्टरहाउसको बन्दोबस्त प्रवासी नेपाली समन्वय समिति “पिएनसिसि” मलेसियाका संयोजक पुर्णसुब्बा लिम्बुले मिलाइदिएका थिए । त्यस्तै तामाङलाई स्वदेश फर्किन आवश्यक पर्ने एकतर्फी यात्रा अनुमतिपत्र “ट्राभल डकुमेन्ट” पनि पिएनसिसि संयोजक लिम्बुको पहलमा मलेसियास्थित नेपाली राजदूतावासले निशुल्क उपलब्ध गराएको हो ।

साथै अवैधानिक बसेवापत अध्यागमनमा तिर्नुपर्ने जरिवाना रकम र हवाई टिकट परिवार स्वयंमले ब्यवहोरेका हुन, भने आवश्यक सबै किसिमका सहयोग तथा सहजीकरण वरिष्ठ उपाध्यक्ष शेर्पासंगै पिएनसिसि मलेसियाले गरिदिएका हुन ।