विदेशी जेलमा १ हजार १७१ जना नेपालीले सजाय काट्दै, ७ जनालाई जन्मकैद।

काठमाडौं := वैदेशिक रोजगारीको सिलसिलामा ५० लाख भन्दा बढी नेपाली विभिन्न देशमा कार्यरत रहेका छ्न । तिनै लाखौं नेपाली मध्य हजारौंको संख्यामा नेपाली हरु रोजगारीहरु देशहरुमा जेल विभिन्न मुद्दामा पक्राउ परि जेल परेका छ्न ।

नेपाल सरकारको परराष्ट्र मन्त्रालयले विदेशी जेलमा १ हजार १ सय ७१ जना नेपाली रहेको जनाएको छ । केही महिना अघि सांसदको प्रश्नमा परराष्ट्र मन्त्रालयले दिएको जवाफ हालै संघीय संसद सचिवालयले प्रकाशन गरेको हाे । जसमा ११ सय बढी नेपाली विदेशी जेलमा रहेको उल्लेख गरिएकाे छ।

जसमध्ये ७ जनालाई आजीवन कारावासको सजाय सुनाइएको मन्त्रालयले जनाएकाेछ । विदेशि जेलमा रहेका मध्ये कुन देशमा कति जना र के कस्ता मुद्दामा आरोपित छन् भन्ने बारेमा मन्त्रालयले खुलाइएको छैन । विदेशी जेलमा रहेका मध्ये कुन देशमा कति जना र के कस्ता मुद्दामा आरोपित छन् भन्ने बारेमा समेत खुलाइएको छैन ।