युएई := यूएई सरकारले नेपालका हकमा कामदार (वर्किङ) भिसा अनिश्चितकालीन बन्द गरेको छ । यूएईले सोमबारबाट नेपालीका लागि भिजिट भिसा पनि बन्द गरेको तेस्रो दिन वर्किङ भिसा समेत बन्द गरेको हो। यूएईको इमिग्रेसनबाट बाहिरी देश( नेपाल) बाट हालिने नयाँ भिसा रोकिएका छन् ।
पछिल्लो समय नेपाली सबैभन्दा बढी भिजिट भिसामा यूएई गइरहेका थिए । यूएईपनि नेपाली कामदारको रोजगारगन्तव्य देश हो । यूएई मासिक १२ हजारभन्दा बढी कामदार यूएई जाने गरेको वैदेशिक रोजगार विभागले जनाएको छ । यूएईले कम्तिमा दुई साताका लागि वकिङ भिसा बन्द गरेको जनाएको छ । तर अहिलेसम्म यसको आधिकारिक निर्णय भने बाहिर नआएको दूतावासले जनाएको छ ।
यूएईस्थित नेपाली राजदूतावका अनुसार विभिन्न कम्पनीहरूले भिसा टाइपिङ गर्ने क्रममा आवेदन दिन नसकेको र पहिले नै टाइप भएका भिसासमेत रद्द हुन थालेको जनाएको छ । दूतावास स्रोतका अनुसार ३० हजारभन्दा भिसा रद्द हुने सम्भावना छ ।
सोमबारदेखि नै यूएईले नेपालीलाई भिजिट भिसा दिन रोकेपछि त्यहाँको ट्राभल एजेन्सीले नेपाली ट्राभल तथा टुर व्यवसायीलाई प्याकेज बिक्री नगर्न सर्कुलर जारी गरेको छ । नेपालबाट टूर प्याकेज बिक्री गरिरहेको एक ट्राभल एजेन्सीका अनुसार सोमबारदेखि नेपाली नागरिकलाई भिसा सेवा निलम्बन गरेको जानकारी सर्कुलरमार्फत गराएको छ ।
नेपालमा जेन–जी आन्दोलनका क्रममा तोडफोड, आगजनी तथा लुटपाटका घटनाको अनुसन्धान सुरु भएको र जेलबाट ठूलो संख्यामा कैदी भागेपछि यूएईले कामदार एवं भिजिट भिसा बन्द गरेको जनाइएको छ । यस विषयमा नेपाल सरकार र यूएईस्थित नेपाली दूतावासले केही प्रतिक्रिया दिएको छैन ।