काठमाडौं := जेनजी आन्दोलनका क्रममा भएको आगजनी, लुटपाटमा संलग्नहरूलाई कारबाहीका लागि नेपाल प्रहरीले सबुद प्रमाण पठाएर सहयोग गर्न आव्हान गरेको छ। भदौ २३ र २४ गते काठमाडौं उपत्यका सहित देशका विभिन्न स्थानमा भएका विरोध प्रदर्शन तथा आन्दोलनका क्रममा आगजनी, लुटपाट र सर्वसाधारणमा त्रास फैलिने खालका विभिन्न घटनासँग सम्बन्धित तस्बिर, भिडियो वा सामाजिक सञ्जालका लिङ्कहरू नेपाल प्रहरीलाई उपलब्ध गराउन आग्रह गरिएको छ ।

यससम्बन्धी सामग्रीहरू nepalpoliceinfo@gmail.com मा पठाउन सकिने प्रहरीले जनाएको छ । प्राप्त सामग्री उपलब्ध गराउने व्यक्तिको गोपनीयता सुरक्षित रहने प्रतिवद्धतासमेत प्रहरीले गरेको छ । यसपटक त स्वयं प्रहरीका कार्यालय र व्यारेकमा अगजनी तथा तोडफोड भएको छ । हतियार, पोशाकदेखि मेसमा रहेका दाल, चामलसम्म लुटपाट भएका छन् ।





















