काठमाडौं := जेनजीले शुरु गरेकाे आन्दाेलनमा मृत्यु हुनेको संख्या ५१ पुगेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेकाअनुसार काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा भएका घटनामा ५१ जनाले ज्यान गुमाएका छन् । मृतकमध्ये तीन जना प्रहरी र एक जना भारतीय महिला समेत छन् ।
पहिलो दिनको आन्दोलनमा २१ जनाको मृत्यु भएकोमा पछिल्ला घटनासँगै संख्या बढेको हो । कारागारबाट भाग्न खाेज्ने कैदीबन्दी मात्रै ९ जना मारिएको प्रहरीले जनाएको छ ।बाल सुधारगृहमा भएका ५ जनासहित अन्य जिल्लाका विभिन्न स्थानमा आगजनी र झडपका कारण जलेको अवस्थामा शव फेला परेको प्रहरीको भनाइ छ ।
मृतक प्रदर्शनकारी र प्रहरीतर्फ :





















