प्रथम एनआरएनए जोहोर कप फुटबल प्रतियोगिता सम्पन्न, मकालु एफ.सी. विजेता।

जोहोर:= गैर आवासीय नेपाली संघ “एनआरएनए” क्षेत्रीय समिति जोहोरको आयोजनामा भएको एकदिने फुटबल प्रतियोगिता “First NRNA Johor Cup Football Tournament 2025” ३१ अगस्टका दिन भव्यतापूर्वक सम्पन्न भएको छ ।

उक्त प्रतियोगितामा जम्मा १६ टिमको सहभागिता रहेको थियो। प्रतिस्पर्धात्मक खेलपछि मकालु एफ.सी. विजेता तथा शिमानो एफ.सी. उपविजेता बन्न सफल भए। कार्यक्रममा जोहोरस्थित विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति उल्लेखनीय थियो। प्रमुख अतिथिका रूपमा गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (NCC) मलेशियाका अध्यक्ष राकेश कुमार महत्त्वो रहनु भएको थियो।

विशिष्ट अतिथिमा NCC मलेशियाका वरिष्ठ उपाध्यक्ष तथा RT FC मलेशियाका संस्थापक अध्यक्ष राजु तामाङ, उपाध्यक्ष तथा Laxmi Help Foundation का अध्यक्ष नारायण अधिकारी रहनुभएको थियो। अन्य अतिथिहरूमध्ये NCC मलेशियाका सदस्य तिपेन्द्र बुढामगर, नेपाल थामी समाज मलेशियाका अध्यक्ष सन्तोष थामी, नेपाल घेदुङ शाखा मलेशियाकी सचिव दिना मोक्तान, तामाङ घेदुङ जोहोर का उपाध्यक्ष मनिषा स्याङ्तान कलाकार डेबिट घिमिरे साथै विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।

त्यसैगरी, मिडियाबाट नेपाली जनता खबरका सञ्चारकर्मी भिम लोहार, युवाको आवाजका सञ्चारकर्मी सुमन विश्वकर्मा, तथा थागिचुङ डटकमका सञ्चारकर्मी प्रज्वल थामी उपस्थित रही प्रत्यक्ष रिपोर्टिङ गरेका थिए। प्रतियोगिता बिहान ९:३० बजे प्रारम्भ भई साँझ ८:०० बजे सफलतापूर्वक सम्पन्न भएको थियो।

खेलहरूमा कुनै विवाद नभएको तथा खेलकुदमै एकता र भाइचाराको वातावरण रहेकोमा आयोजक समिति र उपस्थित सबैजना हर्षित बने। प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्ने सहयोगी संस्था तथा व्यक्तिहरू — MK Tee Fancy Sdn. Bhd., Yeti Walk Travel, SBN Restaurant, Laxmi Help Foundation, Darlami Foundation, Yubraj Joti साथै सहभागी सम्पूर्ण क्लबहरूलाई आयोजक समितिले विशेष धन्यवाद ज्ञापन गरेको छ।

उक्त कार्यक्रममा सभापतित्व गैर आवासीय नेपाली संघ, क्षेत्रीय समिति जोहोरकी अध्यक्ष बेदना श्रेष्ठले गर्नुभएको थियो भने सञ्चालन समिति सचिव छबिलाल गिरिले गर्नुभएको थियो।