क्वालालम्पुर (मलेसिया):= मलेसियाको सीमा सुरक्षा र संरक्षण एजेन्सी (AKPS) ले अन्तर्राष्ट्रिय विमानस्थल केयलआईएमा गरेको कडा निगरानीसहितको कारबाहीमा शुक्रबार १०४ जना विदेशीलाई देश प्रवेश गर्न रोकेको छ ।
AKPS ले जारी गरेको विज्ञप्ति अनुसार, ती विदेशीहरूले आप्रवासन ऐन १९५९/६३ अन्तर्गत आवश्यक शर्तहरू पूरा नगरेका कारण प्रवेश गर्न रोकिएको हो। “ प्रवेश गर्न खोजेका नागरिकहरू मध्ये धेरैजसो बंगलादेश, भारत र पाकिस्तानका नागरिक हुन्। ऊनीहरुमा भेटिएका गल्तीहरूमा स्पष्ट यात्राको उद्देश्य नदिनु, वैध आवास वा फर्किने टिकट प्रस्तुत नगर्नु, र प्रवेशको लागि दिएको कारणमा शंका लाग्ने अवस्था समावेश छन्,” विज्ञप्तिमा भनिएको छ।
यससँगै, अघिल्ला दिनमा प्रवेश नपाएका २८८ जना विदेशी यात्रुलाई KLIA बाट फिर्ता पठाउने प्रक्रिया पनि सम्पन्न गरिएको AKPS ले जनाएको छ। “देशको सुरक्षाको सुनिश्चितताका लागि AKPS ले निरन्तर कडा निगरानी गर्नेछ। केवल सबै शर्त पूरा गर्ने विदेशी नागरिकलाई मात्र मलेसियामा प्रवेश अनुमति दिइनेछ,” एजेन्सीले थप स्पष्ट पारेको छ।



















