क्वालालम्पुर (मलेसिया):= नेपाल सरकारका पूर्व अर्थमन्त्री तथा कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत र एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् आईसीसीका अध्यक्ष महेश श्रेष्ठ मलेसिया आईपुगेका छ्न। आईतवार क्वालालम्पुरमा आयोजना हुन लागेको गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको नवौं अधिवेशन तथा तिज कार्यक्रममा सहभागी हुन पुर्व मन्त्री महत र अध्यक्ष क्ष्रेष्ठ मलेसिया आईपुगेका हुन।

ऊनी दुबैजना लाई स्वागत गर्न नेपाली राजदूतावास क्वालालम्पुरका महामहिम डा. नेत्रप्रसाद तिम्सिना, नेपाली जनसम्पर्क समिति मलेसियाका सभापति चोलाकान्त पंगेनी, एनआरएनए आईसिसि उपाध्यक्ष खगेन्द्र न्यौपाने, एनआरएनए मलेसियाका पुर्व अध्यक्ष विनोद थापा, एनआरएनए मलेसियाका नवौं अधिवेशन संयोजक उपाध्यक्ष ईन्द्र लिम्बू, उपाध्यक्ष दिल केरुङ्ग लिम्बू, महिला संयोजक ईन्दु बस्नेत (क्षेत्री), प्रवासी नेपाली मञ्च मलेसियाका अध्यक्ष दयाराम कुमाल, राष्ट्रिय स्वतन्त्र पार्टी विदेश विभाग मलेसियाको सभापति नेत्र केसी, नेपाली जनसम्पर्क समिति मलेसियाको उपाध्यक्ष कमल गौतम महासमिति सदस्य तिलक चन्द ठकुरी, हिमालयन एकेडेमी मलेसियाका अध्यक्ष एवं खेलाडी सन्तोष भट्ट , सञ्चारकर्मीहरु घनश्याम चौधरी “आरएन”, तिलोचन गौतम, कृष्ण गुप्ता, सबिन लोप्चन तामाङलगायत मलेसियामा रहेको विभिन्न संस्थाको प्रतिनिधि हरुको उल्लेख्य सहभागीता रहेको थियो।

कार्यक्रममा नेपालबाट आमन्त्रित कलाकारद्धय सोभा त्रिपाठी,बुद्द लामा र मलेसियामा रहेका स्थानीय नेपाली कलाकारहरूको सांगीतिक प्रस्तुति रहनेछ। आयोजकका अनुसार, यो नवौं अधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने मात्र नभई नेपाल–मलेसिया सम्बन्ध सुदृढ बनाउन, प्रवासी नेपालीबीच आपसी एकता बढाउन र नेपाली सांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छ।

कार्यक्रमका लागि एनआरएनए अभियन्ता आरके शर्मा, शनिकुमार ओलीलगायत पनि मलेसियामा आईपुगेका छन् ।कार्यक्रम आज ३१ अगस्ट २०२५ आइतबारको दिन मलेसिया स्थित होटेल ग्रान्ड कन्टिनेन्टल क्वालालम्पुरमा स्थानीय मलेसियाको समय अनुसार २:०० बजे देखि बेलुका ९:०० बजे सम्म हुनेछ।





















