मलेसियामा कार्यरत नेपाली महिला श्रमिक मनकला वलीको असामयिक निधन।

क्वालालम्पुर (मलेसिया):= वैदेशिक रोजगारीको सिलसिलामा मलेसियाको जोहोरमा अवस्थित एक म्यानुफ्याक्चरिङ कम्पनीमा कार्यरत एकजना नेपाली महिला कामदारको मृत्यु भएको छ।

नेपाल ठेगाना रोल्पा जिल्ला निवासी गंगादेब गाउपालिका-१ ओतकि मनकला वली मलेसियाको जोहोरबारु स्थित कम्पनीमा काम गर्ने क्रममा शनिबार राती करिब ०३:०० बजेतिर अच्चानक मृत्यु भएको रोल्पाली सेवा समाज मलेसियाका अध्यक्ष तिपेन्द्र बुढामगरले जनाएको छ।

जानकारी अनुसार उनको रातको डिउटी रहेको थियो। उनले काम गर्ने मेसिन सफा गर्ने क्रममा अच्चानक ढलेको र अस्पताल लग्दालग्दै बाटोमै मृत्यु भएको खुल्न आएको समाजले जनाएको छ। घटना बारे मलेसियाका लागि नेपाली राजदूतावासलाई पनि जानकारी गराईसकिएको र कम्पनी संग पनि आवश्यक छलफल समन्वय भइरहेको समाजले जनाएको छ ।

घरमा एक छोरा र एक छोरी रहेको मृतक वलीको आफ्नो श्रीमानसंग सम्बन्धबिच्छेद भैइसकेको र मलेसिया रोजगारीमा आएको दुई बर्ष मात्रै भएको थियो। घरमा पनि ऊनको आर्थिक अवस्था दयनीय रहेको समाजले जानकारी दिएको छ ।

मृतकको शव पोस्टमार्टमको लागि स्थानीय अस्पतालमा राखिएको छ । मृतक महिलाको शव नेपाल पठाउनलाई रोजगारदाता कम्पनी पनि सकारात्मक रहेको अनि आवश्यक सम्पुर्ण कागजी तयारी पनि भैइरहेको जानकारी प्राप्त भएकोछ ।