साउदीमा रोजगारदाताले आवासीय अनुमति पत्र (अकामा) नवीकरण नगरीदिंदा धमाधम अलपत्र पर्दै नेपाली।

साउदी अरेबिया := आकर्षक रोजगारीको प्रलोभनमा परी साउदी अरब पुगेका नेपाली कामदार रोजगारदाता कम्पनीले आवासीय अनुमति पत्र (अकामा) नवीकरण नगरीदिंदा धमाधम अलपत्र पर्ने क्रम बढेको छ। विगत दुई बर्ष देखि अकामा समस्याले गर्दा नेपाल फर्कन नसकेका तनहुँका सुजन थापा, बाग्लुङका सन्देश बिक, सिन्धुपाल्चोकका उद्धब राउत, जाजरकोटका रामबहादुर बस्नेत, पर्बतका इश्वर बिक,धादिङ अयुब तामाङ अलपत्र परेका थिए।

उनीहरु अलपत्र परेको जानकारी पाएपछि नेपाली दूतावास रियादका अलकसिम प्रतिनिधि तथा एनआरएन आईसीसी सदस्य विशाल कुमार श्रेष्ठ र आरसीसी अलकसीमका सहकोषाध्यक्ष तथा अनुवादक अली हुसैन मियाले नेपाल फर्काउन सहयोग गरे। कामबिहिन भएर घर फर्कनु पर्ने अवस्था भएपनि रोजगारदाता कम्पनीले अकामा नवीकरण नगरीदिँदा गैरकानुनी बन्न पुगे।

अकामा समस्याले नेपाल फर्कन नसकेको अवस्थामा रियादस्थित नेपाली दुतावास मार्फत अलकासिम प्रतिनिधी श्रेष्ठको सम्पर्कमा पुगेर लेवरकोर्ट गएर आवश्यक कागजाज दिएपछि (बहिर्गमन) एक्जिट भिसा प्राप्त गरी नेपाल फर्काइएको गैरआवासीय नेपाली संघ,क्षेत्रिय समन्वय समिती अलकासिम साउदीले जनाएको छ।

यस्तै,खोटाङ का दिपक नेपाली पनि बिगत २ बर्ष ६ महिना पुगेर अलपत्र परेका थिए । नेपाल बाट स्काई ब्लु मेनपावर मार्फत साउदी पुगेर बिरेक कफी सपमा काम गर्दा गर्दै कम्पनी बन्द भएको कारण कम्पनीले अलपत्र अलपत्र परेको थियो। उनी पनि क्जिट भिसा प्राप्त गरी गैरआवासीय नेपाल संघ क्षेत्रिय समन्वय समिति अल्कासिमको सहयोगमा नेपाल फर्कन सफल भएका छन्।

साउदी अरबका कम्पनीहरुले साउदी आवासीय अनुमतिपत्र (अकामा) नबनाइदिने तथा नवीकरण नगरेका कारण त्यहाँ धेरै नेपाली कामदार गैरकानुनी रुपमा काम गर्न बाध्य छन्। अहिले कम्पनीहरुले अकमा नबनाइदिने प्रवृत्ति बढ्दै गएको एनआरएनए साउदीले जनाएको छ । यसले गर्दा विदेशमा श्रम गर्न आएका नेपाली दाजुभाइलाई बाहिर हिडडुल गर्न समस्या भएको छ।

आफूले कमाएको धेरथोर पैसा घर परिवारलाई पठाउन बन्चित हुनु पर्ने, प्रहरीले पक्राउ गरी जरिवाना गराउने लगायत धेरै समस्याबाट नेपाली कामदार पीडित हुने गरेको छ। साथै, यस्ता घटनाहरुलाई कम गर्न दूतावास रियादले साउदी अरबमा कार्यरत रहेका नेपाली दाजुभाइलाई कम्पनीने आफूले पाउने सुविधाबाट बञ्चित गरेमा तुरुन्त श्रमिक अदालतमा उजुरी गरी कानुनी बाटो खोजी आफ्नो अधिकार लिन त्यहाँ कार्यरत नेपालीहरुलाई अनुरोध गर्दै आएको छ।

कम्पनी राम्रो नभएर अर्को कम्पनीमा जाँदा पुरानो कम्पनीले विभिन्न सामान चोरी गरेर भाग्यो भनेर अनावश्यक जरिवाना लगाउने तथा फर्जी कागजात बनाएर कामदारलाई कम्पनीले मुद्दा लगाउने गरेका कारण सयौ नेपाली स्वदेश फर्किन सकेका छैनन् ।

समाचार स्रोत : योगेन्द्र योगि / राजधानी दैनिक पत्रीकाबाट